बंगलादेशमा नेपाली पर्यटनको प्रवर्द्धन: १५ नेपाली पर्यटन कम्पनी सहभागी

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सुरु भएको बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर २०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् । तीन दिनसम्म चल्ने मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक सम्पदा, पदयात्रा, पर्वतारोहण र साहसिक पर्यटनलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । ‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ मूल नारासहित आयोजित मेलामा नेपाली पर्यटन व्यवसायीले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने तथा दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेका छन् । यसअघि नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको सहकार्यमा अक्टोबर २८ मा ‘नेपालले बोलाइरहेको छ : भ्रमण गर्नुहोस्, अन्वेषण गर्नुहोस् र अनुभव लिनुहोस्’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी प्रस्तुति, सांस्कृतिक प्रदर्शनी तथा पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो । नेपाल पर्यटन बोर्डले भौगोलिक निकटता र सांस्कृतिक समानतालाई उपयोग गर्दै बंगलादेशलाई नेपालको महत्वपूर्ण पर्यटक स्रोत बजारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । नेपाललाई हिमाल र पदयात्रामा मात्र सीमित नराखी संस्कृति, वन्यजन्तु, आध्यात्मिकता, स्वास्थ्य तथा आरोग्य पर्यटनको गन्तव्यका रूपमा चिनाउने अभियानलाई बोर्डले प्राथमिकता दिएको छ । The post बंगलादेशमा नेपाली पर्यटनको प्रवर्द्धन: १५ नेपाली पर्यटन कम्पनी सहभागी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी
काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सलाई ६ विकेटले हराएपछि... ...

चम्किएका युवा बलर राहुल
ट्यालेन्ट हन्टमा ४ सयभन्दा बढी खेलाडीबाट छानिएका जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमान्डु गोर्खाजको लिए महत्त्वपूर्ण ४ विकेट ...

इजरायलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, अनुसन्धान गर्न निर्वाचन आयोगको आदेश
इजरायलमा अक्टोबर २७ मा भएको संसदीय चुनावमा विदेशी हस्तक्षेपको आशंका गरिएको छ। यसैकारण निर्वाचन आयोगले सिन बेट अनुसन्धान एजेन्सीलाई यस विषयमा अनुसन्धान गर्न आदेश दिएको छ। द टाइम्स अफ इजरायलका अनुसार एजेन्सीले एक हप्ताभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीले कतार र टर्कीबाट इजरायल र वेस्ट बैंकमा पैसा पठाइएको आशंका... ...

खगेन्द्र सुनारले छानबिन समितिसमक्ष दिए बयान
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले बनाएको छानबिन समितिमा पुगेर सांसद खगेन्द्र सुनारले बयान दिएका छन्। महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडिओको सत्यताबारे सुनारले बिहीबार समितिका सदस्यसँग बयान दिएका हुन्। बाहिर सार्वजनिक भएका कुरा र उनले लिखित जवाफमा प्रष्ट पार्न नसकेको विषयमा केन्द्रित भएर प्रश्नोत्तर शैलीमै बयान लिइएको छ। सुनारसँग बयान ल... ...


