Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा महँगी र विद्यालयको अवस्थाविरुद्ध प्रदर्शन, झण्डै एक हजार पक्राउ

फ्रान्समा महँगी र विद्यालयको अवस्थाविरुद्ध प्रदर्शन, झण्डै एक हजार पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा महँगी र विद्यालयको अवस्थाविरुद्ध प्रदर्शन, झण्डै एक हजार पक्राउ

पेरिस । फ्रान्समा जीवनयापनको बढ्दो लागत र विद्यालयको कमजोर अवस्थाविरुद्ध शनिबार भएको प्रदर्शनका क्रममा झण्डै एक हजार जना पक्राउ परेका छन् । देशभर लाखौँ मानिस सडकमा उत्रिएको प्रदर्शनका क्रममा विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अधिकारीहरूले बताएका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार प्रदर्शनमा करिब ४ लाख १० हजार मानिस सहभागी भएका थिए । तर, श्रमिक संगठनहरूले भने प्रदर्शनमा करिब आठ लाख मानिस सहभागी भएको दाबी गरेका छन् । प्रदर्शनलाई हिंसात्मक बन्न नदिन देशभर करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो । दिनको अधिकांश समय प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझपख पेरिससहित विभिन्न शहरमा तनाव उत्पन्न भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । दक्षिणी शहर मार्सेमा सडक अवरोधका लागि बनाइएका ब्यारिकेडमा आगजनी गरिएको थियो । त्यस्तै, बोर्डोमा केही प्रदर्शनकारीले भवन तथा पसलको बाहिरी भागमा जडान गरिएका काठका फल्याक निकालेर सडक अवरोध निर्माण गरेका थिए। लियोँमा पनि निषेधित क्षेत्रमा भेला भएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । यद्यपि, गत साताको प्रदर्शनमा देखिएको तोडफोड, लुटपाट र आगजनीको स्तरमा यसपटकको घटना नपुगेको अधिकारीहरूले बताएका छन् । गत साताका घटनालाई फ्रान्सको आधुनिक इतिहासकै गम्भीर अव्यवस्थाका घटनामध्ये एक मानिएको थियो । पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप शनिबार पेरिसको पोर्ते दितालीदेखि पोर्ते द भिन्सेनसम्म निकालिएको र्‍यालीको अन्त्यतिर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। केही प्रदर्शनकारीले अस्थायी ब्यारिकेड खडा गर्नुका साथै प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरेका थिए । मुख छोपेका केही युवाले कार बिक्री केन्द्रका सिसा फुटाउन थालेपछि प्रहरीले लाठी प्रयोग गर्दै उनीहरूलाई तितरबितर पारेको थियो । फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार आन्तरिकमन्त्री लरेन नुनेजले र्‍यालीको पछिल्लो भागमा केही हजार कट्टरपन्थी प्रदर्शनकारी जम्मा भएको बताउनुभएको थियो । उहाँले तीमध्ये करिब ५०० जनालाई दङ्गा फैलाउने व्यक्तिका रूपमा पहिचान गरिएको जानकारी दिनुभएको थियो । मार्सेमा फोहोर फाल्ने डब्बाहरूमा आगजनी गरिएको थियो भने सडक बन्द गर्न धातुका पाता प्रयोग गरिएको थियो। फ्रान्सको दोस्रो ठूलो शहरमा एउटा सुरक्षा सवारीसाधन आगो लागेको ब्यारिकेड पार गर्दै अघि बढेको देखिएको थियो । त्यस्तै, लियोँमा प्रदर्शनमा सहभागी एक व्यक्तिका अनुसार त्यहाँ भेला भएका करिब १५० जनामध्ये अधिकांश माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी थिए। उनले प्रदर्शन सुरु भएको केही समयमै प्रहरीले अश्रुग्यास प्रयोग गरेको बताएका थिए ।सुरक्षा व्यवस्था कडा प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न फ्रान्सेली प्रशासनले विभिन्न शहरमा थप सुरक्षा प्रतिबन्ध लागू गरेको थियो। यसअघि भएका प्रदर्शनमा प्रहरीको तुलनामा प्रदर्शनकारीको सङ्ख्या बढी हुँदा सयौँ व्यवसायमा लुटपाट तथा विभिन्न भवनमा आगजनी भएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोनले यसै साताको सुरुवातमा मान्यताप्राप्त ट्रेड युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिने निर्णय गर्नुभएको थियो। पछिल्ला दिनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा द्रुत सुनुवाइपछि सयौँ मानिसलाई जेल चलान गरिएको छ । जीवनयापनको बढ्दो लागत र विद्यालयको अवस्थालाई लिएर भएको प्रदर्शनले फ्रान्समा सामाजिक असन्तुष्टि चुलिएको देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ताजा खबरJust now

डिएनएको प्रतीक्षामा बित्यो दसैँ

ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...

गोरखापत्र
नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते
ताजा खबरJust now

नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले... ...

रातोपाटी
बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
ताजा खबरJust now

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

• म्याग्दी जिल्लामा बाढी पहिरोबाट प्रभावित स्थानमा विद्युत आपूर्ति पुनः सुरु भएको छ। • नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाहरू मर्मत गरेर विद्युत आपूर्ति नियमित बनाउने प्रयास गरिरहेको छ। • विद्युत आपूर्ति भएपछि ग्रामीण जनजीवनमा सुधार आएको छ। ...

नेपालबहस
आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
ताजा खबरJust now

आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

• आजको दिन नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानको लागि अन्तिम अवसर रहेको छ। • विजयादशमीको पूजा आराधना पछि प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। • सडकमा चहलपहल बढेको भए पनि सवारी साधनको कमीले यात्रा सहज हुन सकेको छैन। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play