Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा प्रदर्शन फेरि 'उग्र', ७० हजार प्रहरी परिचालन

फ्रान्समा प्रदर्शन फेरि 'उग्र', ७० हजार प्रहरी परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा प्रदर्शन फेरि 'उग्र', ७० हजार प्रहरी परिचालन

EPA फ्रान्समा भएको पछिल्लो विरोध प्रदर्शनमा लाखौँको सङ्ख्यामा मानिसहरूले भाग लिएपछि शनिवार अबेरसम्म केही ठाउँमा झडपहरू भएका छन्।प्रहरीले करिब १००० जनालाई गिरफ्तार गरेको फ्रान्सका आन्तरिक मामिलामन्त्री लराँ नुनेजले शनिवार अबेर जानकारी दिएका छन्।फ्रान्समा विद्यालयका समस्या र बढ्दो महँगीविरुद्ध प्रदर्शन भइरहेको छ।अघिल्लो दिनको प्रदर्शन मूल रूपमा शान्तिपूर्ण देखिए पनि शनिवार प्रहरीले प्यारिसलगायत धेरै सहरहरूमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।मार्सेलीमा प्रहरीका ब्यारिकेडहरू जलाइएका छन्। बोर्डोमा पसलका क्षति पुगेको छ।तर अधिकारीहरू अहिलेसम्म गत सप्ताहान्तमा देखिएको जस्तो दङ्गा र लुटपाट हुनबाट जोगाउन सफल देखिएका छन्।शनिवार देखिएको "अराजकताको स्तर" अघिल्लो हिंसात्मक प्रदर्शनको तुलनामा कम छ।जुलुसमाथि प्रतिबन्ध Reuters एक साताअघिको हिंसात्मक गतिविधिलाई फ्रान्सको आधुनिक इतिहासमा विशृङ्खलताका सबैभन्दा खराब परिदृश्यहरूको रूपमा लिइएको छ।आन्तरिक मन्त्रालयले शनिवार अनुमानित ४ लाख १० हजार मानिसहरू विरोध प्रदर्शन सहभागी रहेको बताएको छ। तर यूनिअनहरूले यो त्यो सङ्ख्या लगभग ८ लाख रहेको दाबी गरेका छन्।विरोध प्रदर्शन रोक्न करिब ७० हजार प्रहरी तैनाथ गरिएका छन् भने कैयौँ सहरहरूमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले बताएका छन्। फ्रान्सभर दशौँ हजार मानिसहरू प्रदर्शनमा, कैयौँ पक्राउप्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्ट राष्ट्रपति एमानुएल म्याक्रोँले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गर्ने प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गत हप्ताको सुरुमा गरेका थिए।विरोध प्रदर्शन गर्ने आफ्नो अधिकारमाथि प्रहार भइरहेको तर्क गर्नेहरूले केही जुलुसहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको निन्दा गरिएका छन्।'अतिवादी वामपन्थीबाट उच्च तहको हिंसा' EPA प्यारिसमा शान्तिपूर्ण मार्चको अन्त्यतिर पुग्दा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भएको थियो। उक्त प्रहरी कारबाहीमा एउटा विशेष एकाइ संलग्न थियो, जसले सामान्यतया सङ्गठित अपराध र प्रतिआतङ्कवाद मामिलाहरू हेर्ने गर्छ।केही प्रदर्शनकारीहरूले अस्थायी ब्यारिकेड खडा गरिरहेको र सुरक्षाकर्मीहरूमाथि विभिन्न वस्तुहरू प्रहार गरिरहेको अनि एउटा कार शोरुमका झ्यालहरू तोडफोड गरिरहेका मास्कधारी युवाको समूहमाथि प्रहरीले लाठी प्रहार गरेको देखिन्थ्यो। फ्रान्सका राष्ट्रपति माक्रोँद्वारा शान्तिका लागि आग्रह, मन्त्रीको 'राजीनामा अस्वीकार'भारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारी फ्रान्सका आन्तरिक मामिलामन्त्री लराँ नुनेजले "हजारौँ कट्टरपन्थी कार्यकर्ताहरू विरोध र्‍यालीको पछाडि रहेको, जसमा लगभग ५०० जनालाई दङ्गाकारीको रूपमा पहिचान गरिएको" बताएको समाचार संस्था एएफपीले जनाएको छ।अतिवादी वामपन्थीबाट प्रहरीले उच्च तहको हिंसाको सामना गर्नुपरेको उनको भनाइ छ। तर अधिकारीहरूमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ।'निषेधित क्षेत्रमा भेला' AFP via Getty Images दक्षिणी बन्दरगाह सहर मार्सिलीमा फोहोरका भाँडाहरूमा आगो लगाइएको छ।फ्रान्सको दोस्रो ठूलो सहरमा सुरक्षा निकायको एउटा गाडी आगो लगाइएको ब्यारिकेड हुँदै गइरहेको देखियो।बोर्डो सहरमा कालो कपडा र अनुहार ढाकेका केही प्रदर्शनकारीहरू सडकमा अवरोध खडा गर्न एउटा भवनबाट बोर्डहरू झिकिरहेका देखिए। दिल्लीमा देखिएको असन्तुष्टि निर्वाचन आयोगविरुद्ध मात्रै हो कि मोदी सरकारको कार्यशैलीविरुद्ध पनि आन्तरिक मामिलामन्त्री नुनेजका अनुसार दुईजना गम्भीर रूपमा घाइते भएका छन्।लियोङमा स्थानीय अधिकारीहरूद्वारा निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा भेला भएको भनिएको भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो।फ्रान्सको तेस्रो ठूलो सहरका एक प्रदर्शनकारीले भने, "हामी करिब १५० जना थियौँ, जसमा अधिकांश जसो माध्यमिक विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरू थियौँ। त्यस लगत्तै, अश्रुग्यास प्रहार गरियो, सडकमा केही पनि देख्न नसकिने भयो।"'अब धेरै भयो, अति भइसक्यो' BBC प्यारिसको शान्तिपूर्ण प्रदर्शनमा सहभागी जेली नाम बताउने प्रदर्शनकारीले बीबीसीसँग कुरा गर्दै "मानिसहरू 'वास्तवमै निराश' भएर र एमानुएल म्याक्रोँ सत्तामा आएदेखि 'धेरै पीडा' भोगिरहेकाले सडकमा उत्रिएको" बताइन्।"उनीहरू हामीलाई चुप लगाउँछन्, हाम्रो पैसा लिन्छन्, हामीमाथि धेरै कर थोपर्छन्, अनि हामी केही पनि बोल्न सक्दैनौँ," ती २६ बर्सिया प्रदर्शनकारीको भनाइ छ, "आज हामी सडकमा उत्रिएका छौँ किनभने अब धेरै लामो समय भयो, अति भइसक्यो।"मास्क लगाएका दुई किशोरले आफ्नो नाम खुलाउन चाहेनन्। तर आफ्नो पुस्ता निराश अवस्थामा पुगेको र सरकारले असहाय बनाइदिएको आफूहरूलाई लागिरहेको उनीहरूको भनाइ छ। जेन जी आन्दोलनका घाइतेको नजरमा विगत एक वर्षजेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ' "लुटपाट पक्कै राम्रो कुरा होइन," तीमध्ये एक जनाले गत शनिवार भएको हिंसाका सन्दर्भमा भने, "तर, गरिबी र प्रहरीले गरिरहेको हिंसाका कारण यस्तो भइरहेको छ।"उनी आफ्ना मागहरूको सम्बोधन हुनासाथ विरोध प्रदर्शनहरू अन्त्य हुने बताउँछन्। "हामी साँच्चै फ्रान्समा परिवर्तन चाहन्छौँ," उनको भनाइ छ।विद्यार्थीहरूको प्रदर्शन हप्तौँसम्म चलेपछि बढेको निराशाबीच एक साताअघिको प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिसहरू सहभागी भएका थिए। त्यसपछि भएको हुलदङ्गामा २,५०० भन्दा बढी गिरफ्तार भएका थिए।पछिल्ला दिनहरूमा द्रुत अदालती सुनुवाइपछि तोडफोड, आगजनी र लुटपाटको आरोपमा सयौँ मानिसहरूलाई जेल चलान गरिएको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
ताजा खबरJust now

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्।  दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ... ...

नेपालखबर
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
ताजा खबरJust now

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् । नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका ३ वटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो । […] ...

काठमाण्डुपाटी
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
ताजा खबरJust now

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play