Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा आन्दोलन उग्र बन्दै, लुटपाट र आगजनीपछि कर्फ्यू आदेश जारी

फ्रान्समा आन्दोलन उग्र बन्दै, लुटपाट र आगजनीपछि कर्फ्यू आदेश जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा आन्दोलन उग्र बन्दै, लुटपाट र आगजनीपछि कर्फ्यू आदेश जारी

पेरिस– फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कर्फ्यू आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ ।दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ द्वारा भड्काइएको हिंसात्मक अशान्ति फैलिएपछि सोमवार साँझ केही सहरी क्षेत्रमा ‘आंशिक कफ्र्यु’ लगाउन क्षेत्रीय अधिकारीहरूलाई निर्देशन दिएका थिए । उक्त क्रममा नगरपालिकाका कार्यालयहरूमा आगजनी गरिएको छ भने सयौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट भएको छ। फ्रान्स २४ ले यसबारे समाचार प्रकाशित गरेको छ। जारी संकटका बीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमवार देशभर फैलिएको प्रदर्शनका क्रममा देखिएका सुरक्षा व्यवस्थासम्बन्धी ‘कमजोरी’ को आलोचना गरेका छन्। तर, उनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा भने अस्वीकार गरेका छन्, फ्रान्स २४ ले जनाएको छ। हिंसात्मक घटनापछि कम्तीमा २,४०० जना पक्राउ परेका छन्। प्रदर्शनका क्रममा नगरपालिकाका कार्यालयहरूमा आगजनी हुनुका साथै सयौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट वा तोडफोड भएको थियो। ‘गृहमन्त्रीले आइतवार राष्ट्रपतिसमक्ष आफ्नो राजीनामा बुझाएका थिए,’ एलिजे दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘यस्तो समयमा कानुन कार्यान्वयन गर्ने निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रपतिले राजीनामा अस्वीकार गरे।’ म्याक्रोंले नुनेजलाई हिंसाको कारण बनेका योजना निर्माण तथा गुप्तचर सूचनासम्बन्धी कमजोरीबारे पारदर्शिता सुनिश्चित गर्न र सुरक्षा बलका लागि संकट व्यवस्थापन गर्ने नयाँ कार्यविधि लागू गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। सन् २०१८ मा सामाजिक अन्यायविरुद्ध सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनलाई पुन: सक्रिय बनाउने उद्देश्यले श्रमिक सङ्गठन, विद्यार्थी सङ्गठन तथा अभियन्ताहरूले आह्वान गरेपछि प्रदर्शन सुरु भएका थिए। अधिकारीहरूका अनुसार शनिवार भएका अधिकांश शान्तिपूर्ण जुलुसमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएका थिए भने आयोजकहरूले सहभागीको सङ्ख्या ८ लाख रहेको दाबी गरेका थिए। आइतवार राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोंले देशव्यापी प्रदर्शनका क्रममा भएको तोडफोड र लुटपाटप्रति जनतामा उत्पन्न ‘आक्रोश’ र ‘लज्जा’ व्यक्त गरे। बढ्दो जीवनयापन खर्च र विद्यालयहरूको खराब अवस्थाविरुद्ध भएका प्रदर्शनका क्रममा भएको हिंसाका लागि उनले मुख्य रूपमा अतिवामपन्थी अभियन्ताहरूलाई जिम्मेवार ठहर्याए। उनले उनीहरूमाथि अराजकता फैलाउने उद्देश्यले प्रहरी र सार्वजनिक भवनहरूमा आक्रमण गरेको आरोप लगाए। फ्रान्सेली राष्ट्रपतिले बढ्दो इन्धन मूल्य र जीवनयापन खर्चलगायत आर्थिक समस्यालाई सम्बोधन गर्न विभिन्न उपायहरू पनि घोषणा गरे। साथै, हिंसामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले इन्धन तथा ग्यासको आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेको र ती प्रयासलाई अगाडि बढाउन खाडी मुलुकहरूको भ्रमण गर्ने बताए। साथै, उपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्न सकून् भन्ने उद्देश्यले इन्धन वितरकहरूसँग पनि सहकार्य गरिरहेको उनले उल्लेख गरे। माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो जीवनयापनको अवस्था र भविष्यको सम्भावनाबारे व्यक्त गरेका चिन्तालाई स्वीकार गर्दै राष्ट्रपतिले युवाहरूसँग समाधान खोज्न व्यवस्थित संवाद सुरु गर्ने घोषणा गरे। हिंसात्मक घटनाबाट प्रभावित व्यवसायहरूलाई सहयोग गर्न प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको अध्यक्षतामा संकट व्यवस्थापन इकाइ गठन गरिने म्याक्रोंले बताए। यस इकाइले प्रभावित व्यवसायहरूलाई शीघ्र सहायता उपलब्ध गराउनेछ। त्यस्तै, क्षेत्रीय प्रिफेक्टहरूले स्थानीय मेयरहरूसँग समन्वय गरी आवश्यक सुरक्षात्मक उपायहरू लागू गर्नेछन्। आवश्यक परेमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउने व्यवस्था पनि गरिनेछ। सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिँदै म्याक्रोंले न्यायमन्त्रीले अभियोजनकर्ताहरूलाई यस्ता मुद्दामा ‘अत्यन्त कडाइका साथ’ अघि बढ्न निर्देशन दिएको बताए। फ्रान्स २४ का अनुसार विभिन्न सहरमा सार्वजनिक भवन र व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण भएका थिए। लियोनमा प्रदर्शनकारीहरूले पर्यटक सूचना केन्द्रमा आगजनी गरेका थिए भने मार्से र लिलमा नगरपालिकाका कार्यालयहरूमा जबर्जस्ती प्रवेश गरेका थिए। विशेषगरी मार्सेमा पसलहरूमा लुटपाट भएको थियो। छ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै म्याक्रोंले राजनीतिक समूहहरूले सडक प्रदर्शनको दुरुपयोग गर्न सक्ने चेतावनी पनि दिए। उनले राजनीतिक बहस शान्तिपूर्ण रूपमा हुनुपर्नेमा जोड दिए। शनिवार बढ्दो महँगीविरुद्ध देशव्यापी जुलुस भइरहेका बेला राजधानी पेरिससहित देशका विभिन्न क्षेत्रमा सुरक्षा बल र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएका थिए। त्यस क्रममा केही प्रसिद्ध स्थलहरूमा आगजनी गरिएको थियो भने चोरहरूले दर्जनौँ व्यापारिक प्रतिष्ठानमा जबर्जस्ती प्रवेश गरी लुटपाट गरेका थिए। प्रहरीले सप्ताहान्तभर २,३०० भन्दा बढी मानिसलाई पक्राउ गरेको थियो। यसैबीच, अमेरिकी उपविदेशमन्त्री ज्याकोब एस हेलबर्गले आफूले ‘अति–वामपन्थी राजनीतिक आतंकवाद’ को पुनरुत्थानका रूपमा व्याख्या गरेको घटनाप्रति चेतावनी दिएका छन्। उनले सीमापार सञ्जालहरूले विभिन्न देशमा हिंसात्मक गतिविधि समन्वय गरिरहेको आरोप लगाउँदै त्यस्ता समूहको आर्थिक स्रोत र सञ्चालन गतिविधिविरुद्ध कारबाही गर्न आह्वान गरेका छन्। The post फ्रान्समा आन्दोलन उग्र बन्दै, लुटपाट र आगजनीपछि कर्फ्यू आदेश जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
ताजा खबरJust now

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

• जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गर्ने ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। • यस अभियानले मङ्गल र यसको चन्द्रमाहरूको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लगाउने अपेक्षा गरिएको छ। • अमेरिका र चीन पनि मङ्गल ग्रहबाट नमूना ल्याउने प्रतिस्पर्धामा छन्, जहाँ चीनले २०२८ मा प्रक्षेपण गर्ने योजना बनाएको छ। ...

नेपालबहस
मंगलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
ताजा खबरJust now

मंगलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

टोकियो । जापानले मंगल ग्रहको चन्द्रमा फोबोसबाट नमूना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट […] ...

लोकपथ
वर्षको एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी (फोटोफिचर)
ताजा खबरJust now

वर्षको एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी (फोटोफिचर)

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक ३ गते । वर्षको एक दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक म... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play