फ्रान्सका विभिन्न सहरमा दङ्गा फैलिएपछि शान्तिका लागि राष्ट्रपति माक्रोँको आग्रह

Reuters फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँले शनिवार र आइतवारको प्रदर्शनका क्रममा हिंसा र लुटपाट भएपछि "शान्ति र सुव्यवस्था" कायम गर्न आह्वान गरेका छन्।राष्ट्रपति निवास रहेको इलिजी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदर्शनमा सहभागीहरूलाई तनाव थप नबढाउन चेतावनी दिँदै भने, "हामी सबैले क्रोध र लज्जा महसुस गरेका छौँ।"बढ्दो इन्धन मूल्य, महँगी तथा विद्यालयसहितका सार्वजनिक सेवाहरूको बिग्रँदो अवस्थाको विरोधमा करिब ५ लाख ५० हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्टभारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारी प्रदर्शन शान्तिपूर्ण भए पनि कतिपय स्थानमा हिंसा भड्किएको थियो।म्याक्रोँले प्रदर्शनकारीहरूको "वैध माग" र "तोडफोड, ध्वंस तथा लुटपाट" बीच स्पष्ट भिन्नता हुनुपर्ने बताए। फ्रान्सको 'इन्टेरिअर' मन्त्रालयका अनुसार प्रहरीले हालसम्म करिब २,४०० जनालाई पक्राउ गरेको छ।"अनियन्त्रित" हिंसालाई कुनै पनि हालतमा जायज ठहर गर्न नसकिने भन्दै फ्रेन्च राष्ट्रपतिले हिंसामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने बताएका छन्। Reuters प्रदर्शनकारी कोही कालो पोशाकमा थिए त कतिले मास्कले अनुहार ढाकेका थिए। प्यारिस, मार्सीली लगायत अन्य सहरमा प्रदर्शन भएको थियो। कतिले कार तथा भवनहरूमा आगो लगाइदिएका थिए।कालो पहिरन लगाएका, अनुहार ढाकेका केही दङ्गाकारीहरू प्यारिस, मार्सिली र अन्य सहरहरूमा पनि देखिएका थिए। उनीहरूले कार तथा भवनहरूमा आगजनी गरेका छन्।आइतवार पनि प्यारिस र लियोनका केही क्षेत्रमा सानो तहमा प्रहरीसँग झडप र लुटपाट जारी थियो।सयौँ प्रदर्शनकारीमाथि अश्रुग्याँस र श्टन ग्रीनेड प्रहार गरिएको समाचार एजेन्सी एएफपीले लेखेको छ।प्रदर्शनकारीहरूले प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार गरेका थिए।फ्रान्सको आधुनिक इतिहासकै सबैभन्दा खराबमध्ये एक मानिएको यस घटनाको प्रभाव देशभरका सहरहरूमा देखिएको छ।लिमोज सहरमा शनिवार प्रदर्शनकारीहरूले आगो लगाइदिँदा १९औँ शताब्दीको नगर भवन (टाउन हल)मा ठूलो क्षति पुगेको छ। आगलागीका कारण भवनको छत र क्लक टावर भत्किएको छ।भत्किएको भवन नजिकै रहेकी एनीसीले भनिन्, "सरकारमाथि रिस पोख्न ऐतिहासिक सम्पदामाथि क्षति पुर्याउनु स्वार्थी काम हो। यसले सबैलाई हानि पुर्याएको छ।"अर्का स्थानीय बासिन्दा जेरार्डले भने, "यो नराम्रो र अविश्वसनीय छ। हामी अत्यन्त दुःखी छौँ। यसलाई पहिलेको अवस्थामा फर्काउन धेरै समय लाग्ने छ।"व्यापक लुटपाटआइतवार बिहान प्यारिसमा पसलेहरूले फुटेका सिसाका टुक्रा सफा गरिरहेका थिए। फोहोर बोक्ने ट्रकहरूले सहरमा जम्मा भएका फोहोर हटाइरहेका थिए।प्यारिस, मार्सिली, लिल तथा अन्य सहरहरूमा व्यापक लुटपाट भएको थियो।म्याक्रोँले स्थानीय अधिकारी र मेयरहरूलाई पसल तथा सार्वजनिक भवनहरूको सुरक्षा गर्न आवश्यक उपायहरू अपनाउन निर्देशन दिएको बताए।प्रदर्शनका क्रममा हुने प्रहरी कारबाही "पूर्ण रूपमा पारदर्शी" हुने पनि उनको भनाइ छ।प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।केही स्थानमा दङ्गा नियन्त्रण प्रहरीले लाठी प्रयोग गरेको देखिएको थियो।गृहमन्त्रालयका अनुसार शनिवार करिब १,००० प्रहरी घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ। दिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरू बस फोडेर भागेजेन जी आन्दोलनका घाइतेको नजरमा विगत एक वर्ष राजनीतिक ध्रुवीकरण बढ्दोविद्यार्थीहरूले गत महिना सुरु गरेको प्रदर्शनहरूमा शनिवार ट्रेड युनियनका सदस्यहरू तथा अन्य सरकार-विरोधी समूहहरू सहभागी भएपछि त्यो व्यापक बन्न पुगेको देखिन्छ।आगामी एप्रिलमा निर्वाचन गर्ने तयारी भइरहेको छ। त्यो निर्वाचनमा उग्र दक्षिणपन्थी र उग्र वामपन्थी शक्तिबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको भनिएको फ्रान्समा अहिले गहिरो राजनीतिक ध्रुवीकरण उजागर भएको ठानिएको छ।फ्रान्सका आन्तरिक मामिलामन्त्री लराँ नुनेजले प्रदर्शन गर्नु मौलिक अधिकार भए पनि "हजारौँ उग्र वामपन्थीहरू"ले सार्वजनिक भवनहरूलाई निशाना बनाउँदै र प्रहरीसँग जुध्ने उद्देश्यसहित दङ्गा मच्चाएको आरोप लगाएका छन्।उनका अनुसार विभिन्न सहरहरूमा व्यावसायिक प्रतिष्ठानहरू "लुट्ने र तोडफोड गर्ने अपराधी समूहहरू" पनि उनीहरूसँग मिसिएका थिए।उग्र वामपन्थी पार्टी ला फ्रान्स इन्सुमिसका नेता जाँ-ल्युक मेलेन्सोँले सामाजिक सञ्जालमार्फत् नुनेज र प्रहरी नेतृत्वको कडा आलोचना गरेका छन्।उनले प्रदर्शन व्यवस्थापनमा "आफ्नो अयोग्यता पूर्ण रूपमा" देखाएको आरोप लगाउँदै उनीहरूलाई "सङ्गठित अराजकताकारी" भने।अर्कोतर्फ अति-दक्षिणपन्थी न्याश्नल र्याली पार्टीकी नेत्री मरिन ली पेनले "हिंसालाई प्रोत्साहन गर्ने राजनीतिक शक्तिहरूले" जनआक्रोशको "दुरुपयोग" गरेको भन्दै निन्दा गरिन्। दिल्लीमा देखिएको असन्तुष्टि निर्वाचन आयोगविरुद्ध मात्रै हो कि मोदी सरकारको कार्यशैलीविरुद्ध पनिजेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ । ...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

२८ सन्तानकी आमाको रहर
पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...


