Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फूलपातीदेखि दशैँको टीकासम्म कस्तो होला मौसम ?

फूलपातीदेखि दशैँको टीकासम्म कस्तो होला मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
फूलपातीदेखि दशैँको टीकासम्म कस्तो होला मौसम ?

काठमाडौं । यस वर्षको दशैँ अवधिभर नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । फूलपातीका दिन हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना असोज ३१ गते शनिबार फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा देशका पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने पूर्वानुमान छ । मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । फूलपातीको राति हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ । अष्टमीका दिन पनि केही स्थानमा वर्षा र हिमपात कात्तिक १ गते आइतबार अष्टमीका दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । अष्टमीको राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । नवमीदेखि दशमीसम्म अधिकांश स्थानमा मौसम सफा कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ । The post फूलपातीदेखि दशैँको टीकासम्म कस्तो होला मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’
ताजा खबरJust now

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ।  सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवा... ...

नेपालखबर
जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा
ताजा खबरJust now

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा

काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार... ...

रातोपाटी
१० बजे १० समाचार :  राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्‍यै
ताजा खबरJust now

१० बजे १० समाचार : राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- मन्त्रिपरिषद्का... ...

रातोपाटी
एनपीएलमा ‘डीआरएस आउँदै’
ताजा खबरJust now

एनपीएलमा ‘डीआरएस आउँदै’

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो सिजनको एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play