Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

फूल बेचेरै तिहार खर्च जोहो

Share:WhatsAppFacebookX (Twitter)Telegram
फूल बेचेरै तिहार खर्च जोहो
Photo / Coverage: नेपालन्युज

बाँके।बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्। नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्यले बताए। “हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौं, अझै पाँच क्विन्टल जति बाँकी होला,” उनले भने, “चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो।” यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक असिम सिग्देलले बताए। सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए। तिहारअघि नै करिब दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए। त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ। जिल्लामा यो वर्ष करिब १३ बिगाह क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ। बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रुपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन्। उनका अनुसार, बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा फूलखेती भएको छ। जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती गरिएको छ। भारतीय फूल आयातमा रोक लगाए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्नेछन्। तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रुपमा फूलको बिक्री वितरण गरिरहेको घर्तीमगरले बताइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसीसी यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
Latest NewsJust now

एसीसी यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित... ...

रातोपाटी
हिजो रेडियोको युग, आज एआईको
Latest NewsJust now

हिजो रेडियोको युग, आज एआईको

आज कृत्रिम बौद्धिकता (एआई) ले संसारको काम गर्ने तरिका बदलिरहेको छ। कुनै समय एउटा सानो रेडियोले नेपाली समाजको सोच, दैनिकी र जीवनशैलीमा यस्तै प्रभाव पारेको थियो । त्यो समय थियो- रेडियोको स्वर्णिम युग। आज कसैलाई केही जान्न मन लाग्यो भने मोबाइल निकाल्छ, गुगलमा खोज्छ वा एआईलाई सोध्छ। केही लेख्नुपर्‍यो, बुझ्नुपर्‍यो, गीत बनाउनुपर्‍यो वा कुनै समस्याको समाधान खोज्नुपर्‍यो भने एआईले केही सेकेन्डमै ...

नेपालन्युज
काठको रोटे पिङको परम्परा जोगाउँदै युवा
Latest NewsJust now

काठको रोटे पिङको परम्परा जोगाउँदै युवा

सन्तोष सुवेदीधनकुटा, कात्तिक २२ गते । आधुनिकतासँगै हराउँदै गएको काठको रोटे पिङ पछिल्लो सयम परम्परागत रुपमा जोगाउन थालिएको छ । गाउँघरमा दसैँ तथा तिहार लगायतका चाडपर्व, मेला महोत्सवम... ...

गोरखापत्र
जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प
Latest NewsJust now

जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

टोकियो।मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन्। भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन। भूकम्पबाट कसैको मृत्यु ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play