Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

फूल तथा माला बिक्रीका लागि महानगरले तोक्यो स्थान, प्लास्टिकका फूल बेच्न प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
फूल तथा माला बिक्रीका लागि महानगरले तोक्यो स्थान, प्लास्टिकका फूल बेच्न प्रतिबन्ध
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि स्थान तोकेको छ। महानगरले दीपावली पर्वका अवसरमा स्वदेशी फूल र मालाको बिक्रीलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरपालिकाले यस वर्ष महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरण नगर्न र नगराउन अनुरोध गरेको छ। महानगरले सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो। महानगरपालिकाले जारी गरेको सूचनामा प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने उल्लेख छ। तिहारमा फूल तथा मालाको माग बढ्ने भएकाले महानगरले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्लास्टिकजन्य सामग्रीको बिक्री नियन्त्रणमा जोड दिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, रसेलको आक्रामक अर्धशतक
Economy & BusinessJust now

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, रसेलको आक्रामक अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको हो। विराटनगरका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाए। उनले २९ बलमा दुई चौका र पाँच छक्का प्… ...

आर्थिक न्यूज
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड ५० लाख बिगो दाबी
Economy & BusinessJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड ५० लाख बिगो दाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक ...

आजको अर्थ
पुष्प व्यवसायको प्रवद्र्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री चौधरी
Economy & BusinessJust now

पुष्प व्यवसायको प्रवद्र्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी ...

अर्थडबली
राष्ट्रिय वाणिज्य बैंकको नाफामा उच्च उछाल, अन्य सूचकमा कति भए प्रगति ?
Economy & BusinessJust now

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उच्च उछाल, अन्य सूचकमा कति भए प्रगति ?

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा १ अर्ब ६५ करोड खुद नाफा कमाएको छ ।बैंकले सार्वजनिक गरेको असोज ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play