Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

फुटबलर स्टर्लिङलाई १२ महिनाको निलम्बित जेल सजाय

Share:WhatsAppFacebookX (Twitter)Telegram
फुटबलर स्टर्लिङलाई १२ महिनाको निलम्बित जेल सजाय
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर रहिम स्टर्लिङलाई गाडी दुर्घटनाको घटनमा १२ महिनाको निलम्बित जेल सजाय सुनाइएको छ । अदालतले दिएको १२ महिनाको जेल सजाय १८ महिनाका लागि निलम्बन गरेको छ । बुधबार बेलायतको बेसिङस्टोक मजिस्ट्रेट अदालतले ३१ वर्षीय स्टर्लिङलाई दुई वर्षसम्म गाडी चलाउन प्रतिबन्ध लगाउनुका साथै १०० घण्टा निःशुल्क सामाजिक सेवा गर्न आदेश दिएको हो । १८ महिनामा अदालतको आदेश पालन गरेमा र अन्य अपराध नगरेमा उनले जेल बस्नु भने पर्ने छैन । स्टर्लिङले गत मे २८ मा आफ्नो ल्याम्बोर्गिनी गाडी बेलायतका एम२५ र एम३ राजमार्गसहित विभिन्न सडकमा खतरनाक तरिकाले चलाएका थिए । उनले गाडी चलाउने क्रममा नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्यास भरिएको बेलुनबाट ग्यास सेवन गरेको प्रत्यक्षदर्शीले बताएका थिए । अदालतमा प्रस्तुत गरिएको सवारीसाधनको दृश्यमा उनको गाडी पटकपटक लेन परिवर्तन गर्दै अनियन्त्रित रूपमा गुडेको र सडकको बीचमा रहेको अवरोधसँग ठोक्किनबाट मुस्किलले जोगिएको देखिएको थियो । अन्ततः गाडी सडकछेउको संरचनामा ठोक्किएको थियो । घटनामा अन्य कुनै सवारीसाधन संलग्न थिएनन् र मानवीय क्षति पनि भएको थिएन । स्टर्लिङले खतरनाक तरिकाले गाडी चलाएको, नाइट्रस अक्साइड राखेको र प्रहरीलाई परीक्षणका लागि रगतको नमुना दिन अस्वीकार गरेको तीनवटै आरोप स्वीकार गरेका थिए । उनको गाडीबाट नाइट्रस अक्साइडका ६ वटा सिलिन्डरसमेत भेटिएका थिए । स्टर्लिङले इंग्ल्यान्डका लागि ८२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलबाट व्यावसायिक फुटबल खेलेका थिए । म्यानचेस्टर सिटीबाट उनले चार पटक प्रिमियर लिगको उपाधिसमेत जितेका छन् । पछिल्लो समय नेदरल्यान्ड्सको फेयेनोर्डबाट खेलेका उनी हाल क्लबविहीन छन् । The post फुटबलर स्टर्लिङलाई १२ महिनाको निलम्बित जेल सजाय appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सूर्यविनायकमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Latest NewsJust now

सूर्यविनायकमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

• सूर्यविनायक नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ आजदेखि सुरु भएको छ, जसमा ४० विद्यालयका करिब ९०० विद्यार्थी सहभागी छन्। • प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी सात विधामा प्रतिस्पर्धा भइरहेको छ। • नगरप्रमुखले प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने अभियान र खेलकुद विकासका लागि रु एक करोड ३० लाख विनियोजन गरिएको जानकारी दिएका छन्। ...

नेपालबहस
दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक
Latest NewsJust now

दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक

• काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँका भिमादका खेलाडीहरूले १९ पदक जित्न सफल भएका छन्। • भिमादका खेलाडीहरूले ७ स्वर्ण, ५ रजत र ७ कास्य पदक जितेका छन्, जसमा विवेक विक, विविका रोका, जेनिशा गुरुङ, र मनिषा केसी जस्ता खेलाडीहरूको उत्कृष्ट प्रदर्शन समावेश छ। • समूहगत स्पर्धामा पनि भिमादका महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत पदक ...

नेपालबहस
चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै
Latest NewsJust now

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

नारायणगढ (चितवन), मङ्सिर ९ गते । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement