Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

फिल्डिङमा चुकिरहेका छौँ: सन्दीप लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
फिल्डिङमा चुकिरहेका छौँ: सन्दीप लामिछाने
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जित हात पारेपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले टोली फिल्डिङमा चुक्दा पछि परिरहेको बताएका छन्। पोखरा एभेन्जर्समाथि जितपछि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले टोलीले समग्रमा राम्रो खेलिरहे पनि फिल्डिङमा भएका कमजोरीका कारण समस्या भइरहेको बताए। यद्यपि, खेलाडीले उत्कृष्ट प्रयास गरिरहेको उनको भनाइ छ। विराटनगरको खेलमा भिजेको मैदानका कारण पनि केही समस्या भएको सन्दीपले बताए। तर त्यसलाई बहाना बनाउन नहुने भन्दै उनले टोलीले आफ्ना कमजोरी सुधार गर्नुपर्नेमा जोड दिए। उनले आगामी अन्तिम खेलमा राम्रो प्रदर्शन गर्दै प्लेअफमा पुग्ने विश्वास व्यक्त गरे। पोखराविरुद्धको खेलमा टोली हारको संघारमा पुगेका बेला इसुरु उडानाले उत्कृष्ट ब्याटिङ गरेको सन्दीपले बताए। आन्द्रे रसेलजस्ता खेलाडीको अभाव टोलीले महसुस गरे पनि उडानाले उनको स्थानमा राम्रो प्रदर्शन गरिरहेको उनले बताए। यसअघि विकेट प्राप्त गर्न नसकेको खेललाई स्मरण गर्दै सन्दीपले आफ्नो क्षमताप्रति भने विश्वास रहेको बताए। अघिल्लो खेलमा पनि आफूले राम्रो बलिङ गरेको तर त्यसको प्रतिफलस्वरूप विकेट भने प्राप्त हुन नसकेको उनको भनाइ थियो। –न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेल
Latest NewsJust now

कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कानुनका नाममा व्यक्तिको मानमर्दन स्वीकार्य नहुने बताएका छन्।  बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसका सभापति गगन थापालाई सरकारले पक्राउ गर्नसक्ने भन्दै विधिको शासन र कानुनी प्रक्रियामाथि प्रश्न उठाए। सरकारले कानुन र विधिको शासन पालना नगरेको अवस्थामा आफूहरू पक्राउ पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न न... ...

नेपालखबर
रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो
Latest NewsJust now

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २० जना मध्ये ६ जनाको उद्धार गरिएको... ...

रातोपाटी
वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह
Latest NewsJust now

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग आग्रह... ...

रातोपाटी
एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त
Latest NewsJust now

एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त

काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले बिहीबार प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। यसअघि कम्पनीका अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्य जेन्सेन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play