Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले आज फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरे । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे । उहाँले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए । भेटमा दुवै मन्त्रीले कोप–३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गरे । साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । The post फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?
Latest NewsJust now

घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्।विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर्‍याएका स्थानमा पुरानै घर मर्मत गरेर वा पुनर्निर्माण गरेर बस्न सकिन्छ कि भन्नेमा उनीहरू बढी केन्द्रित देखिन्छन्।कम प्रभाव परेका स्थानमा घर तथा संरचना बनाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे'बीबीसी हातेमालो'का लागि प्रतीक्षा ...

बीबीसी नेपाली
पोखरामा ५१ जना विदेशी पर्यटकले लगाए भाइटीका
Latest NewsJust now

पोखरामा ५१ जना विदेशी पर्यटकले लगाए भाइटीका

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल पौवामा आज आयोजित १९औँ भाइटिका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका थिए । महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । नेपाली परम्पराअनुसार भाइटीका ...

कर्पोरट खबर
बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप
Latest NewsJust now

बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप

काठमाडौं- रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो । राष्ट्रिय सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा पक्राउ परेका सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन् । यस घटनाको अनुसन्धानमा अमेरिकी सेना, प्रहरी तथा सुरक्षा निकायले बेलायती अधिकारीहरूलाई सहयोग गरेका थिए । लन्डन मेट्रोपोलिटन ...

विश्वखबर
तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु
Latest NewsJust now

तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु

सुनसरीको इनरुवा नगरपालिका-५, बलाहामा तीन वटा सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।  बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०२-०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय, सुनसरीका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play