Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पोखरामा ५१ जना विदेशी पर्यटकले लगाए भाइटीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा ५१ जना विदेशी पर्यटकले लगाए भाइटीका
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल पौवामा आज आयोजित १९औँ भाइटिका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका थिए । महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । नेपाली परम्पराअनुसार भाइटीका लगाउन पाउँदा पर्यटक उत्साहित देखिन्थे । उनीहरूले देउसीभैलो, नाचगान र सांस्कृतिक प्रस्तुतिमा सहभागी हुँदै नेपाली परिकार सेलरोटीको स्वादसमेत लिए । टीका लगाएपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुष पर्यटकलाई ढाकाटोपी उपहार प्रदान गरिएको थियो । अमेरिका, बेलायत, चीन, जापान र अस्ट्रेलियालगायत १५ देशका पर्यटक सहभागी महोत्सवले विदेशीलाई नेपाली चाडपर्व र संस्कृतिको प्रत्यक्ष अनुभव गराउने अवसर जुटाएको आयोजकले जनाएको छ । महोत्सवमा सहभागी लिथुआनियाकी पर्यटक मोनिकाले नेपाली जनताको आत्मीय व्यवहार र तिहार मनाउने शैली आफूलाई निकै मन परेको बताइन् । नेपालीसँगै बसेर भाइटीका मनाउन पाउँदा नयाँ र रमाइलो अनुभव भएको उनको भनाइ थियो । मर्दी हिमाल पदयात्राका क्रममा प्रतिकूल मौसमका कारण हिमाल राम्रोसँग देख्न नपाए पनि पदयात्रा र नेपाली संस्कृतिको अनुभवले नेपाल बसाइ स्मरणीय बनेको उनले बताइन् । “नेपालमा तिहार मनाउने तरिका देखेर मलाई निकै उत्साह लाग्यो । हामीले यहाँ धेरै रमाइलो गर्‍यौँ । स्वदेश फर्किएपछि नेपाली भाइटिका र यहाँको संस्कृतिबारे साथीहरूलाई पनि सुनाउनेछु”, उनले भनिन् । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भाइटीका महोत्सवलाई निरन्तरता दिँदै आएपछि पोखराका विभिन्न होटलमा समेत विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम हुन थालेको बताए । नेपाली संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्नुका साथै आपसी भाइचारा र सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए । “तिहारको सांस्कृतिक महत्त्वलाई अन्तरराष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १९ वर्षदेखि भाइटीका महोत्सव आयोजना गर्दै आएका छौँ । यसबाट नेपालको संस्कृति र परम्परालाई विश्वमाझ चिनाउन सहयोग पुगेको छ”, अध्यक्ष सुवेदीले भने । भाइटीका महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगरपालिकाले प्रवर्द्धन गर्दै आएको छ । The post पोखरामा ५१ जना विदेशी पर्यटकले लगाए भाइटीका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियो
Latest NewsJust now

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियो

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथलाई पदबाट हटाउने प्रयास तत्काललाई असफल भएको छ। अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) ले उनीविरुद्धको महाभियोग प्रस्ताव रोकेको हो। महाभियोग प्रस्ताव रिपब्लिकन सांसद थोमस मासीले पेस गरेका थिए। जसमा रक्षामन्त्री हेग्सेथले संसद्‌को स्वीकृतिबिनै इरानविरुद्ध सैन्य आक्रमण गरेको आरोप लगाइएको थियो। यस... ...

नेपालखबर
कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
Latest NewsJust now

कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार ठूला वार्ता समूहको समर्थन जुटाउन नसक्दा नेपालको प्रस्तावले औपचारिक मान्यता पाउन सकेन । हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने प्रयास र अबको चुनौतीबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं । ...

कान्तिपुर
बालगृहका २४ बालकलाई बबिताको भाइटीका
Latest NewsJust now

बालगृहका २४ बालकलाई बबिताको भाइटीका

कपिलवस्तु – कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरंगी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र फलफूल उपहार दिइन् । उनले बालकहरूलाई टीका लगाएर आशीर्वादसमेत दिइन् । चौधरीले विगत २ वर्षदेखि बालगृहका बालकलाई भाइटीका […] ...

काठमाण्डुपाटी
भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
Latest NewsJust now

भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

सशस्त्र प्रहरीले भाइटीकाको दिन निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन्।    भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो। सशस्त्रको बस सेवा बिहान ८ बजेदेखि साँझ ५ ब... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play