Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

प्रोटोन ई.मास ७ ले एसेन एनक्याप अवार्ड्स २०२६ मा सुरक्षा विधामा जित्यो अन्तर्राष्ट्रिय सम्मान

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रोटोन ई.मास ७ ले एसेन एनक्याप अवार्ड्स २०२६ मा सुरक्षा विधामा जित्यो अन्तर्राष्ट्रिय सम्मान
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । नोभेम्बर १० मा सम्पन्न अवार्ड समारोहमा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा सम्मान प्राप्त गरेको हो । यस उपलब्धिले गाडीमा उपलब्ध उन्नत चालक सहायता प्रविधि तथा सडक सुरक्षाप्रति प्रोटोनले दिएको प्राथमिकतालाई उजागर गरेको कम्पनीले जनाएको छ । ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता प्रणाली उपलब्ध छन् । यसको २०२६ मोडलमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट थप गरिएको छ । अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको यस मोडलले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म ई.मास ७ का ५ हजार ५७९ युनिट बिक्री भएका छन् । त्यसमध्ये अक्टोबरमा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ । सोही अवधिमा प्रोटोन ई.मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन् । नेपालमा प्रोटोन ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ । प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन् । गाडीमा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन् । त्यस्तै, भेहिकल टु लोड (भीटुएल) प्रविधिमार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ । यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल तथा मनोरञ्जनसम्बन्धी सुविधालाई सहज बनाउने कम्पनीको भनाइ छ । ई.मास ७ को प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री उपलब्ध छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३४५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । यस प्रविधिको सहायताले करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । गाडीले ११ किलोवाटसम्मको एसी चार्जिङ र १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सुरक्षा सम्मान, उन्नत चालक सहायता प्रविधि र दैनिक प्रयोगका सुविधासहित ई.मास ७ ले नेपालको विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ढिलो रोपाइँपछि धान भित्र्याउन व्यस्त किसान (फोटोफिचर)
Latest NewsJust now

ढिलो रोपाइँपछि धान भित्र्याउन व्यस्त किसान (फोटोफिचर)

काठमाडौँ, मङ्सिर ३ गते । ढिलो गरी धान रोपाइँ गरेका किसानले अहिले धान भित्र्याउन थालेका छन् । भक्तपुरको कटुञ्जेमा धान काटेर भित्र्याउँदै किसान । ...

गोरखापत्र
पर्यटन कूटनीतिमा मन्त्री पौडेलको सक्रियता, भारतसँग हवाई सहकार्य विस्तारको पहल
Latest NewsJust now

पर्यटन कूटनीतिमा मन्त्री पौडेलको सक्रियता, भारतसँग हवाई सहकार्य विस्तारको पहल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदान प्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले... ...

रातोपाटी
रेफ्रीलाई ढुङ्गाले प्रहार गर्ने इक्वेडरका फुटबलरमाथि ८ वर्षको प्रतिबन्ध
Latest NewsJust now

रेफ्रीलाई ढुङ्गाले प्रहार गर्ने इक्वेडरका फुटबलरमाथि ८ वर्षको प्रतिबन्ध

क्विटो । इक्वेडरको फुटबल नियामक निकायले तेस्रो डिभिजनको एक खेलका दौरान सहायक रेफ्रीलाई ढुङ्गाले प्रहार गरी घाइते बनाएको आरोपमा खेलाडी झोन पर्लाजालाई आठ वर्षको प्रतिबन्ध लगाएको छ । गत महिना भएको... ...

रातोपाटी
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)द्वारा आज काठमाण्डुमा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशास् नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनारको उद्घाटन समारोहमा उनले प्रभावकारी कूटनीतिको सुरुआत […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play