प्रियागोल्डका सबै बिस्कुटको आयातमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । मानव उपभोगका लागि अयोग्य चोकर प्रयोग गरिएको पाइएपछि भारतीय ब्रान्ड प्रियागोल्डका बिस्कुट तथा अन्य बिस्कुटजन्य उत्पादनको आयात स्वीकृति नेपालमा स्थगन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका उत्पादनको आयातमा रोक लगाउनुका साथै बजारमा बिक्रीका लागि पठाइएका उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले कम्पनीको उद्योगमा गरेको विशेष निरीक्षणका क्रममा बिस्कुटमा फाइबरको स्रोत बढाउन पशु आहारका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएको विवरण सार्वजनिक भएको थियो। निरीक्षणका क्रममा चोकर राखिएका जुटका बोरामा ‘गाईवस्तुको दानाका लागि मात्र’ र ‘मानव उपभोगका लागि होइन’ भन्ने उल्लेख रहेको जनाइएको छ। त्यसैगरी, उद्योगमा सरसफाइ, कीरा नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा कारखानाको मर्मतसम्भारमा समेत गम्भीर कमजोरी भेटिएको बताइएको छ। यी कैफियतपछि भारतीय नियामक निकायले कम्पनीको उत्पादन इजाजतपत्र निलम्बन गर्दै कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ। भारतमा भएको कारबाहीपछि नेपालमा पनि उक्त ब्रान्डका बिस्कुटको आयात रोक्ने, सीमा नाकाबाट प्रवेश निषेध गर्ने तथा बजारमा उपलब्ध उत्पादन फिर्ता गराउने प्रक्रिया अघि बढाइएको हो।
Read Complete Original Article
Published originally on टक्सार
Related News

पुँजी बजारको परिमाणात्मक छलाङ : जुट मिलदेखि ८० लाख डिम्याटसम्म
काठमाडौँ । नेपालमा पुँंजी बजारको इतिहास ९ दशक लामो भइसकेको छ । ९० वर्षको अन्तरालमा नेपाली पुँजीबजारको विकासले धेरै ठुलो छलाङ मारेको देखिन्छ । यद्यपि यसलाई व्यवस्थित बनाउन अझै धेरै... ...

वेष्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल एनपीएलमा, विराटनगरबाट खेल्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ...

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको […] ...
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
जुम्ला। घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम भएका छन्। स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा... ...


