प्राकृतिक विपद्का कारण तीन जिल्लाका मुख्य सडक अवरुद्ध

काठमाडौं । वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा सडक यातायात प्रभावित भएको छ । म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण मुख्य सडक अवरुद्ध भएका हुन् । नेपाल प्रहरीकाअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । असोज १ गते बिहान ५ः५० बजेदेखि उक्त सडकखण्ड प्रभावित भएको प्रहरीले जनाएको छ । त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२ र ३ तथा वडा नम्बर १ को नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । आज बिहान ५ः३० बजेदेखि सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा पहिरो खसेपछि कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि उक्त स्थानमा सडक यातायात प्रभावित भएको हो । प्रहरीकाअनुसार अवरुद्ध सडक खुलाउन तथा यातायात सञ्चालनलाई सहज बनाउन प्रयास भइरहेको छ । सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


