Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रहरीले भन्यो- इनम सापकोटा प्रतिवादी रहेको मुद्दामा अनुसन्धानका विवरण दिएका छैनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीले भन्यो- इनम सापकोटा प्रतिवादी रहेको मुद्दामा अनुसन्धानका विवरण दिएका छैनौँ
Photo / Coverage: पर्दाफास

जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण वा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको जनाएको छ । अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति परिसरले ध्यानाकर्षण भएको जनाएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मंसिर २ गते जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्ध नरहेका मोबाइल लोकेसनलगायतका अप्रमाणित विवरण सार्वजनिक भएको उल्लेख छ । त्यस्ता सामग्रीले अनुसन्धानलाई प्रभावित पार्न र सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ । परिसरले प्रचलित कानुन र प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाउँदै मुद्दासम्बन्धी सूचना प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्र बैंकले नष्ट गर्‍यो चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट
OthersJust now

राष्ट्र बैंकले नष्ट गर्‍यो चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा साट्न ल्याएका झुत्रा, मैला र च्यातिएका विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ । २०८३ असार मसान्तमा चलनचल्तीमा रहेका नोटको कुल मूल्य करिब ८ खर्ब ७ ...

पर्दाफास
वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक, के के समेटिए ?
OthersJust now

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक, के के समेटिए ?

कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश तथा सामाजिक सुरक्षा कोष, संस्थागत तथा विदेशी लगानीकर्ता, नेपाली नागरिक र गैरआवासीय नेपालीले लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play