Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रशासनिक झन्झट हटाउन त्रिविले विकेन्द्रीकरणको नीति विस्तार गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रशासनिक झन्झट हटाउन त्रिविले विकेन्द्रीकरणको नीति विस्तार गर्दै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स–साना प्रशासनिक कामका लागि पनि क्याम्पसले केन्द्रीय कार्यालय नै धाउनुपर्ने विद्यमान झन्झट अन्त्य गर्न त्रिविले यो कदम चाल्न लागेको हो । विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार शैक्षिक सुधारसँगै प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु नै यो अभियानको मुख्य लक्ष्य हो । ‘विकेन्द्रीकरण नियम २०५५’लाई समयानुकूल अध्ययन गर्दै हालसम्म यस प्रक्रियामा सामेल नभएका क्याम्पसलाई समेट्ने त्रिविको तयारी छ । यसअघि विकेन्द्रीकरणमा गएका अधिकांश अध्ययन संस्थान र क्याम्पसले शैक्षिक गुणस्तरभन्दा पनि आर्थिक अधिकारको प्रयोगमा मात्र बढी ध्यान दिएको त्रिविको निष्कर्ष छ । आफूअनुकूल आर्थिक निर्णय गर्दा विश्वविद्यालयमा बेरुजुको चाङ बढेको भन्दै अब आर्थिक पाटोसँगै शैक्षिक सुधारलाई अनिवार्य प्राथमिकतामा राखेर नियम कार्यान्वयन गरिने उपकुलपति थापाले बताए । प्रचलित विकेन्द्रीकरण नियमले अध्ययन संस्थान, सङ्काय, अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसलाई अनुदान दिनुका साथै नीति निर्माण, योजना कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र सामान्य कारबाही गर्नेसम्मको स्वायत्त अधिकार दिएको छ । यस्तै, कार्यकारी परिषद्ले तोकेको बाहेक अतिरिक्त शुल्क निर्धारण गर्ने बाटो पनि नियमले खुला राखेको छ । आर्थिक व्यवस्थापनतर्फ, सम्बन्धित निकायले आर्जन गरेको कुल आम्दानीको ३० प्रतिशत हिस्सा विश्वविद्यालयको केन्द्रीय कोषमा बुझाउनुपर्ने प्रावधान छ । बाँकी ७० प्रतिशत रकम भने आफ्नै छुट्टै कोषमा जम्मा गरी व्यवस्थापन तथा विकास परिषद्बाट बजेट स्वीकृत गराएर खर्च गर्न पाइन्छ । त्रिविको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म आठ क्याम्पसले पूर्ण स्वायत्तता प्राप्त गरिसकेका छन् । त्यसैगरी, सात अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र र ४२ आङ्गिक क्याम्पस विकेन्द्रीकरणको अभ्यासमा गइसकेका छन् भने अब जम्मा १२ क्याम्पस मात्र यस प्रक्रियामा जोडिन बाँकी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
३९ वर्षपछि बाकेँका राप्ती सोनारीका १० भूमिहिनले पाए लालपुर्जा
Latest NewsJust now

३९ वर्षपछि बाकेँका राप्ती सोनारीका १० भूमिहिनले पाए लालपुर्जा

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति बाकेँले १० भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा राप्ती सोनारी गाँउपालिका वडा नं ४ का ३ भूमिहिन दलित र ७ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। उनिहरु २०४४/४५ सालदेखि सोहि क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी ...

नेपालन्युज
पृथ्वीनारायण क्याम्पसलाई रूपान्तरण गर्ने तयारी
Latest NewsJust now

पृथ्वीनारायण क्याम्पसलाई रूपान्तरण गर्ने तयारी

काठमाडौँ । पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा आफ्नो तीन महिने... ...

रातोपाटी
स–साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि :  विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र
Latest NewsJust now

स–साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि :  विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र

काठमाडौँ । शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स–साना प्रशासनिक कामका लागि पनि क्याम्पसहरूले केन्द्रीय कार्यालय नै धाउनुपर्ने... ...

रातोपाटी
कोप–३१ मा हिमाली युवाको आप्रवासन र सांस्कृतिक क्षतिबारे छलफल
Latest NewsJust now

कोप–३१ मा हिमाली युवाको आप्रवासन र सांस्कृतिक क्षतिबारे छलफल

काठमाडौं । टर्कीको आन्ताल्यामा जारी जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा ‘फोर एच नेपाल’ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को सहयोगमा साइड इभेन्ट आयोजना गरेको छ । ‘हिमाली क्षेत्रका युवा आप्रवासन तथा सांस्कृतिक क्षति : जलवायु परिवर्तन र समाधानका उपाय’ विषयक कार्यशाला आईओएम पेभिलियनअन्तर्गत ब्लु जोनमा आयोजना गरिएको हो । कार्यशालामा फोर एच नेपालका संस्थापक अध्यक्ष तथा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play