Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

राष्ट्र बैंकले नष्ट गर्‍यो चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्र बैंकले नष्ट गर्‍यो चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा साट्न ल्याएका झुत्रा, मैला र च्यातिएका विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ । २०८३ असार मसान्तमा चलनचल्तीमा रहेका नोटको कुल मूल्य करिब ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तमा ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । राष्ट्र बैंकका अनुसार एक वर्षमा चलनचल्तीमा रहेका नोटको कुल मूल्य ६.०८ प्रतिशत बढेको हो । २०८३ असार मसान्तमा राष्ट्र बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात थिए । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो । गत आर्थिक वर्षमा करारअनुसार पाँच रुपैयाँ दरका ३५ करोड थान नोट आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन् । १० रुपैयाँ दरका ३४ करोड थान नोट आपूर्ति गर्ने करारअन्तर्गत पहिलो र दोस्रो खेपमा २३ करोड थान प्राप्त भएका छन् । त्यस्तै, १०० रुपैयाँ दरका ३० करोड थानमध्ये पहिलो दुई खेपमा २१ करोड थान र ५०० रुपैयाँ दरका २३ करोड थानमध्ये पहिलो खेपमा १२ करोड थान नोट प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । सोही वर्ष ५० रुपैयाँ दरका ४२ करोड थान र एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार भएको छ । राष्ट्र बैंकले नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि छवटा अन्तर्राष्ट्रिय सुरक्षा मुद्रक कम्पनीलाई पूर्वयोग्यता सूचीमा राखेको छ । नोटको सुरक्षा र गुणस्तर बढाउन सुरक्षण विशेषता तथा प्राविधिक मापदण्ड अन्तर्राष्ट्रिय स्तरअनुसार अद्यावधिक गर्दै लगिएको केन्द्रीय बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रहरीले भन्यो- इनम सापकोटा प्रतिवादी रहेको मुद्दामा अनुसन्धानका विवरण दिएका छैनौँ
OthersJust now

प्रहरीले भन्यो- इनम सापकोटा प्रतिवादी रहेको मुद्दामा अनुसन्धानका विवरण दिएका छैनौँ

जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण वा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको जनाएको छ । अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति परिसरले ध्यानाकर्षण भएको जनाएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मंसिर २ गते जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्ध नरहेका मोबाइल लोकेसनलगायतका अप्रमाणित विवरण सार्वजनिक भएको उल्लेख छ ...

पर्दाफास
वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक, के के समेटिए ?
OthersJust now

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक, के के समेटिए ?

कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश तथा सामाजिक सुरक्षा कोष, संस्थागत तथा विदेशी लगानीकर्ता, नेपाली नागरिक र गैरआवासीय नेपालीले लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play