Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ। कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरिएको हो। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कार्यालयमा रहेका विभिन्न जातका कुकुरलाई पूजा गरे। उनले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। गम्भीर प्रकृतिका घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उनले उच्च प्रशंसा गरे। प्रहरी नायब महानिरीक्षक रानाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट हराएका करिब २४ वटा शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको जानकारी दिए। नेपालमा स्थापनाकालदेखि केनाइन कार्यालयले अपराध अनुसन्धानमा ठूलो सफलता हासिल गरेको उनको भनाइ छ। कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको केनाइन कार्यालयले हाल देशभर १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए। उनका अनुसार हाल देशभर केनाइन केन्द्रमा १०७ कुकुर छन्। कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा. चेतनारायण ज्ञवालीले नेपाल प्रहरीको कार्य सम्पादनमा कुकुरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर, रनिङतर्फ उत्कृष्ट हुने कुकुरलाई पुरस्कार प्रदान गरिएको थियो। साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो। उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान
Latest NewsJust now

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने... ...

रातोपाटी
घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
Latest NewsJust now

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो।... ...

रातोपाटी
ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
Latest NewsJust now

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको... ...

रातोपाटी
घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
Latest NewsJust now

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन्। सवारीसाधनलाई यसअघि सडक ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play