Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने
Photo / Coverage: कर्पोरट खबर

काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गरेका छन् । बुधबार निर्माणस्थल पुग्नुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे जानकारी लिए । उनले राष्ट्रिय महत्त्वको परियोजनालाई थप ढिलाइ नगरी स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताए । निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा चलचित्र विकास बोर्डका पदाधिकारीसँगको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विकास आयोजनाबाट कसैलाई अन्याय हुन नहुने र राष्ट्रिय महत्त्वका परियोजना अनिश्चितकालसम्म रोकिन नहुने धारणा राखे । “परियोजना बन्दा कसैलाई अन्याय हुनु हुँदैन। स्थानीय बासिन्दाको भावना र सरोकारलाई सम्मान गर्नुपर्छ। कानुनी प्रक्रिया, स्थानीयको हित र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ,” उनले भने । उनले चलचित्र स्टुडियो निर्माणलाई एउटा भौतिक संरचना निर्माणका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि, रोजगारी, पर्यटन र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो। स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उनको भनाइ थियो। “यहाँ चलचित्र स्टुडियो निर्माण भयो भने यो क्षेत्र एउटा महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्छ। त्यसबाट सिर्जना हुने रोजगारी, व्यवसाय र आर्थिक गतिविधिको लाभ स्थानीय बासिन्दाले पनि पाउँछन्। आयोजनाको प्रत्यक्ष लाभ मात्र होइन, अप्रत्यक्ष लाभसमेत हेर्नुपर्छ,” उनले भने । करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको ‘सिनेपा’ स्टुडियोको निर्माणका लागि तयार पारिएको शुरुवाती डिजाइनअनुसार संरचना बनाउन स्थानीयले अवरोध गरेपछि डिजाइन परिवर्तन गर्न पर्ने वा नपर्ने बारे चलचित्र विकास बोर्डले अध्ययन गरिरहेको छ । बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनअनुसार निर्माणका लागि करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले चलचित्र स्टुडियो निर्माणका लागि हालसम्म भएको कार्यप्रगति र देखिएका चुनौतीबारे जानकारी गराए । सोक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले शुरुवाती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । डाँडाको भौगोलिक बनावट परिवर्तन हुँदा प्राकृतिक दृश्यमा समेत प्रभाव पर्न सक्ने भएकाले निर्माणको वैकल्पिक स्वरूप र स्थानबारे पुनः अध्ययन गर्न उनले निर्देशन दिए । “यो ठाउँको प्राकृतिक सौन्दर्य निकै आकर्षक देखियो। तर संरचना निर्माणका लागि डाँडा खार्नुपर्ने अवस्था रहेछ। त्यसले यहाँको प्राकृतिक स्वरूपमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। सम्भव भएसम्म प्राकृतिक सौन्दर्य जोगाउँदै निर्माण गर्न सकिने विकल्प खोज्नुपर्छ,” उनले भने । आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो । सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’ स्टुडियोमा इन्डोर तथा आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ । इन्डोर क्षेत्रमा अस्पताल, प्रहरी चौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी र पोर्टेबल सेट निर्माण गरिनेछ। त्यस्तै, आउटडोर क्षेत्रमा नेपाली चलचित्रको इतिहास अध्ययन गर्न चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र चलचित्रसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने योजना रहेको छ। सञ्चारमन्त्री डा तिमिल्सिनाले शुरुवाती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माण थाल्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए । उनले यस विषयमा संसद्मा समेत प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै सरकार र चलचित्र विकास बोर्डको प्रयाससँगै स्थानीय सरकार तथा समुदायको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताए । “मैले संसद्मा पनि यो वर्ष चलचित्र स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु। तर सरकार र बोर्डले चाहेर मात्रै सबै कुरा सम्भव हुँदोरहेनछ। स्थानीय सरकार, स्थानीय बासिन्दा र अन्य सरोकारवाला पक्षको पनि भूमिका हुन्छ। विगतका कमजोरीबाट सिकेर साझा समझदारीका साथ अब कार्यान्वयनमा जानुपर्छ,” उनले भने । The post प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीद्वय अस्पतालमा
Latest NewsJust now

घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीद्वय अस्पतालमा

काठमाडौँ । दुई मन्त्रीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे बुझेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा... ...

रातोपाटी
कांग्रेसको मूल प्रवाहमा फर्किन महामन्त्री संग्रौलाको आह्वान
Latest NewsJust now

कांग्रेसको मूल प्रवाहमा फर्किन महामन्त्री संग्रौलाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीबाट बाहिर रहेका नेता तथा कार्यकर्ताहरूलाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी छन्। निर्वाचन आयोगले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई आधिकारिक मान्यता दिएपछि उनले यस्तो आग्रह गरेकी हुन्। महामन्त्री संग्रौलाले विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको संगठन सुदृढीकरण अभियानमा एकजुट भई लाग्न सबैलाई आग्रह गरेकी छन्। उनले पार्टीले पूर्ण ...

नेपालन्युज
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

• परराष्ट्रमन्त्री शिशिर खनाल र युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराबीच शिष्टाचार भेट भएको छ। • भेटमा नेपाल र युनिसेफबीचको सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल गरिएको छ। • भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा युनिसेफको सहयोगलाई प्रभावकारी बनाउन कुराकानी भएको छ। ...

नेपालबहस
संखुवासभाका ६ उत्कृष्ट उद्यमी सम्मानित
Latest NewsJust now

संखुवासभाका ६ उत्कृष्ट उद्यमी सम्मानित

कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उद्यमीलाई मंगलबार नगद पुरस्कारसहित सम्मान गरिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement