प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म बैंकको नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५५ करोड ८४ लाख ८३ हजार रहेको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३७ लाख ८१ हजार रुपैयाँबाट घटेर ५८ करोड ८६ लाख ९३ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँबाट घटेर २ अर्ब ३३ करोड ४७ लाख २५ हजार रहेको छ । यस्तै सञ्चालन आम्दानी १ अर्ब १७ करोड २० लाख ८५ हजारबाट घटेर १ अर्ब १५ करोड ४५ लाख २७ हजार रहेको छ । बैंकको वितरणयोग्य नाफा ६ अर्ब ७८ करोड ७७ लाख ३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको निष्क्रिय कर्जा ५.७८ प्रतिशतबाट बढेर १४.८० प्रतिशत पुगेको छ । चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ६ लाख ९७ हजार रुपैयाँ सञ्चित छ । बैंकले ३ खर्ब ५० अर्ब २ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ११ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.२६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३.६४ पैसा रहेको छ । The post प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

फूलको सौन्दर्य स्वस्थ्य जीवनको प्राकृतिक आधार
फूल प्रकृतिको सुन्दर सिर्जना मात्र होइन, मानव जीवनसँग गहिरो भावनात्मक सम्बन्ध राख्ने प्राकृतिक उपहार पनि हो। ...

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्ला समाचारदाताहुम्ला, कात्तिक १५ गते । हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ । शुक्रबार र शनिबार खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको थियो भने आइत... ...
सरकारको भवन, जनताको घरमा क्षति र जोखिम
• कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घरलाई जोखिममा पारेको छ। • निर्माण कार्य रोक्नका लागि सडक डिभिजन जुम्लाले नगरपालिकालाई पत्र काटे पनि नगरपालिकाले निर्माण अघि बढाएको छ। • उपप्रमुखले भवन बनेपछि पहिरोको समस्या समाधान हुने दाबी गर्दै क्षतिपूर्तिका लागि संघ सरकारलाई आग्रह गरेका छन्। ...

‘सिप अब कुनै विशेष समुदायको मात्र रहेन’
विजयकुमार साह धनुषा, कात्तिक १५ गते । तराई मधेशमा ढक्की, डालो र नाङ्लोलगायत बाँसका सामग्री बनाउने पेसा डोम समुदायसँग जोडिएको छ । यो पेसा डोम समुदायको पुख्र्यौली र जीविकोपार्जनको प्... ...


