Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ : प्रवक्ता खरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ : प्रवक्ता खरेल
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् । सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले केही कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ ।’ गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिहरूका विषयमा सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको पनि उनले बताए । ती विषयमा प्रधानमन्त्रीले के सोचिरहनुभएको छ र सरकारले के गरिरहेको छ भन्ने विषयमा पार्टीले प्रतीक्षा गरिरहेको उनले बताए । सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गर्दै खरेलले सभापति, महामन्त्रीसहित पार्टीको नेतृत्व र सम्पूर्ण टोली सरकार सञ्चालनमा कुनै अवरोध वा हस्तक्षेपको महसुस नहोस् भन्नेमा सचेत रहेको बताए । त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । आईजीपीलाई हटाऊ वा राख भनेर पार्टीले निर्देशन नदिएको भन्दै उनले यो सरकारको विवेक र निर्णयको विषय भएको बताए । उक्त विषय अदालतसम्म पुगेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने उनले उल्लेख गरे । यसैबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा मित्रराष्ट्र चीन भ्रमणमा जान लागेको प्रवक्ता खरेलले जानकारी दिए । चीनको सत्तारुढ दलले रास्वपालाई निमन्त्रणा गरेको उल्लेख गर्दै उनले यो भ्रमण दुई देशका सत्तारुढ दलबीचको निमन्त्रणाअनुसार हुन लागेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमालयन डिस्टिलरीको आम्दानीसँगै बढ्यो नाफा
OthersJust now

हिमालयन डिस्टिलरीको आम्दानीसँगै बढ्यो नाफा

२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ बराबर थियो । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा २.३८ गुणा बढेको छ । कम्पनीले पहिलो त्रैमासमा २१ करोड… ...

अनलाइन खबर
कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे
OthersJust now

कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे

कुल स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यावसायिक, व्यक्तिगत तथा कर कट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ ...

पर्दाफास
चलचित्र प्रचारको नयाँ प्रयोग कि सस्तो लोकप्रियताको मोह? ‘ककाकिकी’ प्रकरणले उठाएको बहस
OthersJust now

चलचित्र प्रचारको नयाँ प्रयोग कि सस्तो लोकप्रियताको मोह? ‘ककाकिकी’ प्रकरणले उठाएको बहस

काठमाडौँ । चलचित्रको प्रचार शैली समयसँगै बदलिँदै गएको छ। परम्परागत पोस्टर, ट्रेलर र पत्रकार सम्मेलनमा सीमित प्रचार अहिले सामाजिक सञ्जाल, भाइरल भिडियो र सिर्जनात्मक अभियानसम्म विस्तार भएको छ। दर्शकको ध्यान खिच्न चलचित्र निर्माण पक्षले नयाँ-नयाँ प्रयोग गर्नु स्वाभाविक पनि हो। तर प्रचारका लागि अपनाइने यस्ता प्रयोगले सार्वजनिक रूपमा कस्तो सन्देश दिन्छन् र त्यसले समाजमा कस्तो […] ...

मकालु खबर
रास्वपाको चीन भ्रमणमा राज्यकोष खर्च नहुने महामन्त्री आचार्यको स्पष्टोक्ति
OthersJust now

रास्वपाको चीन भ्रमणमा राज्यकोष खर्च नहुने महामन्त्री आचार्यको स्पष्टोक्ति

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश भ्रमणलाई लिएर रास्वपाका सांसदहरूले उठाउँदै आएका प्रश्नलाई विरोधका रूपमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play