Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुल स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे
Photo / Coverage: पर्दाफास

कुल स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यावसायिक, व्यक्तिगत तथा कर कट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर (प्यान) सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो । तथ्यांकअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो । असोज महिनामा मात्रै ५२ हजार ९२५ व्यावसायिक प्यान थपिएका छन् । त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पी-प्यान) लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ । गत असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए । असोजमा मात्रै २ लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएका हुन् । भुक्तानीमा कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूपीएएन) को संख्या भने असोज मसान्तसम्म ३९ हजार ५६२ पुगेको छ । गत असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो। असोजमा ३९८ वटा थपिएका छन् । यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म भ्याटमा दर्ता हुनेको संख्या ३ लाख ७८ हजार २६८ थियो । असोज महिनामा मात्रै ११ हजार ७७९ करदाता भ्याटमा थपिएका छन् । अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ । गत असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको अन्त:शुल्क दर्ता संख्या असोज मसान्तसम्म १ लाख ३८ हजार ९२६ पुगेको छ । असोज महिनामा मात्रै ६ हजार २५४ करदाता थपिएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ : प्रवक्ता खरेल
OthersJust now

प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ : प्रवक्ता खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् । सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने ...

पर्दाफास
चलचित्र प्रचारको नयाँ प्रयोग कि सस्तो लोकप्रियताको मोह? ‘ककाकिकी’ प्रकरणले उठाएको बहस
OthersJust now

चलचित्र प्रचारको नयाँ प्रयोग कि सस्तो लोकप्रियताको मोह? ‘ककाकिकी’ प्रकरणले उठाएको बहस

काठमाडौँ । चलचित्रको प्रचार शैली समयसँगै बदलिँदै गएको छ। परम्परागत पोस्टर, ट्रेलर र पत्रकार सम्मेलनमा सीमित प्रचार अहिले सामाजिक सञ्जाल, भाइरल भिडियो र सिर्जनात्मक अभियानसम्म विस्तार भएको छ। दर्शकको ध्यान खिच्न चलचित्र निर्माण पक्षले नयाँ-नयाँ प्रयोग गर्नु स्वाभाविक पनि हो। तर प्रचारका लागि अपनाइने यस्ता प्रयोगले सार्वजनिक रूपमा कस्तो सन्देश दिन्छन् र त्यसले समाजमा कस्तो […] ...

मकालु खबर
रास्वपाको चीन भ्रमणमा राज्यकोष खर्च नहुने महामन्त्री आचार्यको स्पष्टोक्ति
OthersJust now

रास्वपाको चीन भ्रमणमा राज्यकोष खर्च नहुने महामन्त्री आचार्यको स्पष्टोक्ति

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश भ्रमणलाई लिएर रास्वपाका सांसदहरूले उठाउँदै आएका प्रश्नलाई विरोधका रूपमा ...

पर्दाफास
एसियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो १६ करोड
OthersJust now

एसियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो १६ करोड

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५.७९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो तीन महिनामा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play