Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणसँगै हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणसँगै हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल-भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए यस क्षेत्रको पर्यटन, उद्योग तथा व्यापारमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ । प्रधानमन्त्री शाह आज राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण मानिएको छ । विमानस्थलको उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) को सञ्चालन प्रक्रियासँग भारतीय हवाई क्षेत्रको समन्वय आवश्यक पर्नेछ । भारतबाट अनुमति र सहजीकरण भएमा प्रतिकूल मौसममा उडान तथा अवतरणलाई सहज बनाउन सहयोग पुग्नेछ । सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका साथै भारतका दिल्ली, वाराणसी र अयोध्यालगायतका सहरमा सिधा हवाई सेवा सञ्चालन गर्न सके नेपालको पर्यटन, उद्योग तथा व्यापारमा ठूलो परिवर्तन आउने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा विमानस्थललाई भारतीय विमान कम्पनीको प्राथमिकतामा पार्ने र नियमित उडानका लागि आवश्यक सहजीकरण हुने अपेक्षा गरिएको बताए । उनले विमानस्थल निर्माणपछि त्यसको उपयोग र नियमित उडानका लागि सरकारसँगै निजी क्षेत्रले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । होटेल संघ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके नेपालको पर्यटन क्षेत्रले गति लिने बताए । नेपाल विश्व पर्यटनको महत्वपूर्ण गन्तव्य भए पनि अन्तरराष्ट्रिय हवाई सेवाको सहज पहुँच नहुँदा पर्यटक आगमनमा अपेक्षित वृद्धि हुन नसकेको उनको भनाइ छ । विमानस्थल नियमित सञ्चालन हुनु निजी क्षेत्रका व्यवसायीका लागि सबैभन्दा खुसीको विषय हुने उनले बताए । विमानस्थल सञ्चालन हुने आशामा भैरहवा, रुपन्देही, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटेल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य पूर्वाधारमा ठूलो लगानी गरेका छन् । चेम्बर अफ कमर्स रुपन्देहीका अनुसार यस क्षेत्रमा निजी क्षेत्रको झन्डै रु एक खर्बभन्दा बढी लगानी भएको छ । विमानस्थल नियमित सञ्चालन नहुँदा लगानीअनुसारको प्रतिफल प्राप्त नभएको स्थानीय व्यवसायीले गुनासो गरेका छन् । ट्राभल एसोसिएसन नेपाल (नाट्टा) का अध्यक्ष चन्द्र थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको बताए । विमानस्थल सञ्चालन हुने आशामा पर्यटन व्यवसायीले ठूलो लगानी गरे पनि नियमित अन्तरराष्ट्रिय उडान नहुँदा व्यवसायमा अपेक्षित लाभ लिन नसकिएको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा जग्गा अधिग्रहण र मुआब्जासहित हालसम्म रु. ३५ अर्बभन्दा बढी खर्च भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते विमानस्थल स्तरोन्नति तथा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७९ जेठ २ गते विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको थियो । शिलान्यासदेखि उद्घाटनसम्म करिब सात वर्ष चार महिना लागेको थियो । उद्घाटनकै दिन कुवेतको जजिरा एयरवेजको विमान अवतरण गरेपछि अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु भएको थियो । यस्तै, जजिरा एयरवेज, फ्लाई दुबई, कतार एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया र हिमालय एयरलाइन्सले यस विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गरेका छन् । विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन् । तीमध्ये ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु यस विमानस्थल प्रयोग गरी विदेश गएका छन् । विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले विमानस्थलमा आवश्यक भौतिक संरचना, उपकरण, डिजिटल प्रविधि तथा अनलाइन प्रणाली उपलब्ध रहेको जानकारी दिए । नियमित हवाई सेवा सञ्चालनका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र आवश्यक हवाई मार्गका सम्बन्धमा सहजीकरण गर्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि प्राविधिक तथा प्रशासनिक तयारी रहेको उल्लेख गर्दै उनले नियमित उडानका लागि पहल आवश्यक भएको बताए । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई सेवा सञ्चालन गर्न सके नेपालको पर्यटन तथा आर्थिक विकासमा नयाँ युगको सुरुआत हुने बताए । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेका भारतीय सहरसँग हवाई सम्पर्क विस्तार हुँदा लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आवागमनसमेत सहज हुने उनको भनाइ छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी र त्यसको सञ्चालनको अपेक्षामा निजी क्षेत्रको ठूलो लगानी जोडिएको छ । यस्तो अवस्थामा भारतसँग हवाई मार्ग प्रयोगका विषयमा ठोस सहमति जुट्न सके विमानस्थलको नियमित सञ्चालनका लागि महत्वपूर्ण ढोका खुल्नेछ । यसले लुम्बिनीमा पर्यटक आगमन वृद्धि गर्नुका साथै रुपन्देहीसहित समग्र पश्चिम नेपालको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा
OthersJust now

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

सभापति थापाले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनर्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । ...

अनलाइन खबर
घोप्टेभिरको जोखिमपूर्ण पहिरो काट्न थालियो, दैनिक ५ घण्टा सडक बन्द
OthersJust now

घोप्टेभिरको जोखिमपूर्ण पहिरो काट्न थालियो, दैनिक ५ घण्टा सडक बन्द

मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो । निर्माण ...

पर्दाफास
४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब
OthersJust now

४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब

चार पटक मन्त्रीस्तरीय निर्णय गरी ठगिएकोमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पुर्‍याइएको खुले पनि यो निर्णयको फाइल भने गायब छ । ...

अनलाइन खबर
दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता
OthersJust now

दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ कभरेज गरेका छन्। प्रमुख मिडियाले यस भ्रमणलाई कूटनीतिक कोर्स करेक्सन, २ अर्ब डलरको आर्थिक प्याकेज, अयोध्या-जनकपुर रेल सेवा, अग्निपथ र भूराजनीतिक सन्तुलनको परीक्षाका रूपमा विश्लेषण गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement