Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको जोखिमपूर्ण पहिरो काट्न थालियो, दैनिक ५ घण्टा सडक बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको जोखिमपूर्ण पहिरो काट्न थालियो, दैनिक ५ घण्टा सडक बन्द
Photo / Coverage: पर्दाफास

मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो । निर्माण कम्पनी शर्मा जेडआईसिजि जेभिका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो ठाउँमा एक्साभेटर पुर्‍याएर डाँडो काट्न थालिएको हो । बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको उहाँले जानकारी दिए । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनले बताए । “डाँडामा अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबार सम्ममा अर्को एक्साभेटर थप्ने योजना छ । सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ । यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ”, नेपालले भने । नेपालका अनुसार चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ । “सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ । दुवै ठाउँमा दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ”, उनले भने । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भागलाई झार्न लागिएको उहाँको भनाइ छ । सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने ठाउँमा पनि काम गर्न भनिएको उनले जानकारी दिए । झण्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटकपटक पहिरो खसेर सवारी रोकिने गरेका छन् भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ । घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । यो सडक हुँदै राजधानी भित्रने र बाहिरने गरिन्छ । एक दिनमा यस सडकमा एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब
OthersJust now

४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब

चार पटक मन्त्रीस्तरीय निर्णय गरी ठगिएकोमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पुर्‍याइएको खुले पनि यो निर्णयको फाइल भने गायब छ । ...

अनलाइन खबर
दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता
OthersJust now

दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ कभरेज गरेका छन्। प्रमुख मिडियाले यस भ्रमणलाई कूटनीतिक कोर्स करेक्सन, २ अर्ब डलरको आर्थिक प्याकेज, अयोध्या-जनकपुर रेल सेवा, अग्निपथ र भूराजनीतिक सन्तुलनको परीक्षाका रूपमा विश्लेषण गरेका छन्। ...

अनलाइन खबर
ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?
OthersJust now

ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?

दिल्लीमा बालेनले राख्ने प्राथमिकतामा सामान्य फेरबदल भएको जानकारी हामीले पाएका छौं । भोलि मोदी र बालेनबीचको वार्तापछि सार्वजनिक हुने भनिएको १० बुँदे एजेन्डा सूची पनि अनलाइनखबरले सरकारी पक्षबाट प्राप्त गरेको छ । अन्यथा नभए भोलि त्यसैको वरिपरि शिखर वार्तामा सहमति हुनेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement