Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह र मोदीबिच आज वार्ता : सम्बन्धमा ‘नयाँ राजनीतिक दिशा’ को अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह र मोदीबिच आज वार्ता : सम्बन्धमा ‘नयाँ राजनीतिक दिशा’ को अपेक्षा
Photo / Coverage: टक्सार

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज नयाँ दिल्लीमा पहिलो पटक प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हुँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार यस भेटवार्ताले आगामी वर्षहरूका लागि दुई देशको सम्बन्धलाई ‘नयाँ राजनीतिक दिशा’ दिने अपेक्षा गरिएको छ । भ्रमणको दोस्रो दिन आज विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन र महत्त्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री शाहको आजको व्यस्त कार्यतालिका अनुसार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई विशेष ‘गार्ड अफ अनर’ अर्थात् औपचारिक सम्मान प्रदान गरिनेछ । सम्मान ग्रहण गरेलगत्तै उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी पुष्पगुच्छा अर्पण गर्नेछन् । त्यसपछि मध्याह्नमा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता, परियोजनाहरूको उद्घाटन तथा एमओयू हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । यो पनि पढ्नुहोस प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबिच हुने द्विपक्षीय वार्तापछि विकास साझेदारी, ऊर्जा, जलविद्युत्, रेलमार्ग, कनेक्टिभिटी, जलवायु परिवर्तन, विपद् उत्थानशीलता, पूर्वाधार र प्रविधिका क्षेत्रमा महत्त्वपूर्ण एमओयूहरूमा हस्ताक्षर हुने तय भएको छ । सोही अवसरमा दुई प्रधानमन्त्रीले संयुक्त रूपमा उत्तराखण्डस्थित भारत–नेपाल सीमाको धार्चुला पुल, बनबासा सुख्खा बन्दरगाह (ल्यान्ड पोर्ट) र जनकपुर–गोरखपुर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो पनि पढ्नुहोस प्रधानमन्त्री वालेन्द्र शाह दिल्लीमा यसका साथै, मालवाहक र यात्रुवाहक यातायात विस्तारका लागि रक्सौल–काठमाडौँ नयाँ रेलमार्ग निर्माणका विषयमा पनि आज ठोस वार्ता हुने ‘द हिन्दु’ले लेखेको छ । यो पनि पढ्नुहोस प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता यसअघि हिजो आइतबार दिल्ली पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गरिसकेका छन् । प्रधानमन्त्री मोदीसँगको वार्तापछि अपराह्न प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । आजै साँझ औपचारिक भ्रमण सम्पन्न गरी उनी काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भियतनाम युद्ध रोकेको कङ्ग्रेसले इरान युद्ध अन्त्य गर्न सक्ला ?
Latest NewsJust now

भियतनाम युद्ध रोकेको कङ्ग्रेसले इरान युद्ध अन्त्य गर्न सक्ला ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन) हुन... ...

रातोपाटी
सडक सुरक्षाका लागि सुरक्षित पूर्वाधार
Latest NewsJust now

सडक सुरक्षाका लागि सुरक्षित पूर्वाधार

सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिबाट सधैं पूर्ण सावधानीको अपेक्षा गर्दैगर्दा उनीहरूले प्रयोग गर्ने पूर्वाधारमा सुधार गरेर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न पनि मिल्दैन । ...

कान्तिपुर
अपी हिमालः जहाँ प्रकृति बोल्छ
Latest NewsJust now

अपी हिमालः जहाँ प्रकृति बोल्छ

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल। प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएका छन्। अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ। समुद्री सतहबाट ७ हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल यस ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement