Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

असोज महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य गिरावट

Share:WhatsAppFacebookX (Twitter)Telegram
असोज महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य गिरावट
Photo / Coverage: टेक्नोलोजी खबर

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोजमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा उल्लेखनीय रुपमा घटेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्या र रकम दुवै उल्लेख्य मात्रामा घटेको पाइएको हो। साउन मसान्तबाट बाट भदौ मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ४२ हजार २०३ ले बढेर समग्रमा ६ लाख २४ हजार ४५४ मा पुगेको थियो। तर भदौबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा भने यो आँकडा १ लाख ४० हजार ९९२ ले घटेर ४ लाख ८३ हजार ४६२ मा आइपुगेको छ। यसैगरी कारोबार रकम साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा १ अर्ब ५९ करोड ५० लाखले बढेर २२ अर्ब ७४ करोड ८० लाख पुगेकोमा भदौबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा १२ अर्ब ४५ करोड ३० लाखले घटेर समग्रमा १० अर्ब २९ करोड ६० लाखमा झरेको प्रतिवेदनले देखाएको छ। The post असोज महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य गिरावट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालको सूचना प्रविधि र जलविद्युत् क्षेत्रमा लगानी गर्न अर्थमन्त्री वाग्लेको भारतीय व्यवसायीलाई आह्वान
TechnologyJust now

नेपालको सूचना प्रविधि र जलविद्युत् क्षेत्रमा लगानी गर्न अर्थमन्त्री वाग्लेको भारतीय व्यवसायीलाई आह्वान

७ मंसिर, काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा भारतीय उद्योगीहरूलाई नेपालको सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटी क्षेत्रमा निर्धक्क लगानी गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) […] The post नेपालको सूचना ...

आइसिटी फ्रेम
जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ?
TechnologyJust now

जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ?

हामी सामान्यतया कारमा जडान गरिएको एसीलाई गर्मी यामसँग जोडेर हेर्ने गर्दछौँ। बढ्दो तापक्रम र लामो समयसम्म चल्ने तातो हावाका कारण गर्मीयाममा एसीबीना यात्रा गर्न निकै कठिन हुन्छ। तर, कारको एसीले शरद र जाडोयाममा पनि महत्वपूर्ण भुमिका खेल्दछ। कारमा एसी चलाउदाँ सिसामा जमेको बाफ हटाउन सहयोग गर्दछ, जसले चालकलाई सडक सुरक्षामा महत्वपूर्ण सहयाेग पुर्याउछ। एसीको मुख्य काम मध्ये एक कारभित्रको चिसो कम ...

टेक्नोलोजी खबर
एआई निगरानीको ‘अस्तित्वजन्य खतरा’ सामना गर्न मोबाइलमा स्क्रिनसट लिन प्रतिबन्ध लगाउँदै सिग्नल
TechnologyJust now

एआई निगरानीको ‘अस्तित्वजन्य खतरा’ सामना गर्न मोबाइलमा स्क्रिनसट लिन प्रतिबन्ध लगाउँदै सिग्नल

सुरक्षित मेसेजिङ एप सिग्नलले प्रयोगकर्तालाई एपभित्र स्क्रिनसट लिन सक्ने सुविधामा सीमा लगाउने घोषणा गरेको छ। एआईमा आधारित एजेन्ट समावेश गरिएका अपरेटिङ सिस्टमबाट उत्पन्न गोपनीयतासम्बन्धी जोखिमलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबार यस्तो घोषणा गरेको हो। सिग्नलकी अध्यक्ष मेरिडिथ ह्विटेकरले एआई एजेन्टमा आधारित अपरेटिङ सिस्टमलाई ‘अस्तित्वगत खतरा’ को संज्ञा दिएकी छन्। उनका अनुसार, एआई एजेन्टलाई प्रयोगकर्ताको स्क्रिनमा देखिने सूचना स्क्यान गर्ने क्षमता दिँदा विन्डोज, एन्ड्रोइड ...

टेक्नोलोजी खबर
डच रक्षा मन्त्रालय र एयरबसले संयुक्तरुपमा नौसेना जहाजहरूका लागि लेजर टर्मिनल विकास गर्ने
TechnologyJust now

डच रक्षा मन्त्रालय र एयरबसले संयुक्तरुपमा नौसेना जहाजहरूका लागि लेजर टर्मिनल विकास गर्ने

डच रक्षा मन्त्रालय र एयरबसले ‘म्यारिटाइम लेजर कम्युनिकेसन टर्मिनल’ (एमएलसिटी) विकास गर्न र यसको प्रदर्शन गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यसले नौसेनाका जहाजहरूलाई स्याटेलाइटहरूसँग तीव्र गतिको र सुरक्षित अप्टिकल सम्पर्क प्रदान गर्नेछ। यसको पहिलो प्रदर्शन सन् २०२८ मा गर्ने योजना छ। यसले नौसेना जहाजहरू र लो अर्थ अर्बिट (लियो) भूउपग्रहहरू बीच छिटो, सुरक्षित अप्टिकल सञ्चार लिङ्कहरू सिर्जना गर्दछ। परम्परागत रेडियो फ्रिक्वेन्सी लिङ्कहरू ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement