Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Photo / Coverage: पर्दाफास

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय भेला : जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
OthersJust now

एमालेको राष्ट्रिय भेला : जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेलामार्फत मुलुकको विद्यमान अवस्था र पार्टी जीवनका समस्याको समीक्षा थालेको छ । लोकतान्त्रिक आन्दोलनका लागि सङ्घर्ष गरेको र पटकपटक सरकारको नेतृत्व गरेको एमालेले जनताको दैनिक जीवनका समस्या र सरोकारका विषयमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवाज भेलामा उठेको छ । भेलामा किसान, मजदुर, साना व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, महिला, युवा, विद्यार्थी, ...

पर्दाफास
ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग
OthersJust now

ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग

महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् । ...

अनलाइन खबर
मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी
OthersJust now

मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच बिहे हुने भएको छ । मंसिर १० गते ढकाल र डाँगीको बिहे हुन लागेको हो । उनीहरू दुवैले बिहे गर्न लागेकोबारे अनलाइनखबरलाई जानकारी गराए । ढकाल विराटनगर निवासी हुन भने डाँगी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play