Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री र रास्वपा सभापतिबीच पाँच घण्टा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री र रास्वपा सभापतिबीच पाँच घण्टा छलफल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा बिहीबार भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो । भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । दुवैबीच भ्रमणका विषयमा विस्तृत छलफल भएको बताइएको छ । त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि छलफल भएको छ । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियानका सन्दर्भमा समेत दुवै नेताबीच कुराकानी भएको थियो । भेटमा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका साथै अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा पनि छलफल भएको सभापति लामिछानेको सचिवालयले जानकारी दिएको छ । The post प्रधानमन्त्री र रास्वपा सभापतिबीच पाँच घण्टा छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राइड २५ अभियानको टोली सौराहामा
Latest NewsJust now

राइड २५ अभियानको टोली सौराहामा

चितवन । लण्डनदेखि अष्ट्रेलियाको सिड्नीसम्म अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको राइड २५ अभियानको टोली चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित १५औँ चरणको यात्रामा रहेको टोलीले सौराहास्थित रोयल ट्युलिप चितवनमा बसेर यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन वातावरण र आतिथ्यताको अनुभव गरेको हो । सन् २०१२ देखि सञ्चालन हुँदै आएको राइड २५ अभियानले विभिन्न देश हुँदै चरणबद्धरूपमा ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ । मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न... ...

रातोपाटी
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना... ...

रातोपाटी
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
Latest NewsJust now

आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज (शनिबार) देखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । काठमाडौँ उपत्यका मध्य तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement