Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूले तयारी तीव्र पारेको बताए । भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने दलेलाको भनाइ थियो । भेटमा प्रधानमन्त्री शाहले दलेलालाई राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले रसुवा-भोटेकोशीमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार पनि व्यक्त गरे । भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्यवाहक मेयर बन्न मानेनन् वडाध्यक्ष
OthersJust now

कार्यवाहक मेयर बन्न मानेनन् वडाध्यक्ष

२ मंसिर, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्न भन्दै दाहाललाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, वडाध्यक्ष दाहालले भने उक्त जिम्मेवारी अस्वीकार गरेका हुन् । नगरपालिकाले २०८३ मंसिर १ गते पत्र जारी गर्दै नगरप्रमुख जिल्ला… ...

अनलाइन खबर
भगवान् रामबारे जावेदको अभिव्यक्तिमा शाइनाको समर्थन
OthersJust now

भगवान् रामबारे जावेदको अभिव्यक्तिमा शाइनाको समर्थन

बलिउडका चर्चित गीतकार तथा लेखक जावेद अख्तर यतिबेला भगवान् रामबारे दिएको अभिव्यक्तिका कारण चर्चामा छन् । उनले भगवान् रामलाई कुनै एउटा धर्म वा सम्प्रदायमा सीमित गर्न नहुने बताए । उनले रामलाई नैतिकता, आदर्श र जीवन जिउने एउटा पद्धतिका रूपमा व्याख्या गरेका छन् । जावेद अख्तरको उक्त अभिव्यक्तिमा शिवसेनाका राष्ट्रिय सचिव तथा प्रवक्ता शाइना एनसीले पनि… ...

अनलाइन खबर
त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा
OthersJust now

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play