Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन  र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर पुगेपछि दुई नेताबीच छलफल सुरु भएको हो। जयशंकरसँगको भेटवार्तापछि आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ। सोमबार प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ताको कार्यक्रम छ। उनले भारतीय समयअनुसार बिहान १० बजे नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। दुवै नेताबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ। भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र मोदीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कवि तथा गीतकार टीका चाम्लिङप्रति श्रद्धान्जली अर्पण
Latest NewsJust now

कवि तथा गीतकार टीका चाम्लिङप्रति श्रद्धान्जली अर्पण

काठमाडौँ, मङ्सिर ६ गते । कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा शनिवार राति निधन भएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानमा आइतबार उहाँको पार्थिव शरीरलाई श्रद्धान... ...

गोरखापत्र
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित
Latest NewsJust now

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष तथा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई बधाई तथा सम्मान गरेको छ। महासंघले खुसिबुस्थित सचिवालयमा विशेष कार्यक्रम आयोजना गरी कर्णलाई सम्मान गरेको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले उनको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् ...

कर्पोरट खबर
नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाए: शंकर पोखरेल
Latest NewsJust now

नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाए: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ दलको सरकार गठन भएपछि जनताले सबैभन्दा बढी दुःख पाएको टिप्पणी गरेका छन्। आईतबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए। दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको बताउँदै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको जिकिर गरे।  ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement