प्रधानमन्त्री बालेन मैदान पुगेपछि सुरु भयो एनपीएल, लुम्बिनीले टस जित्यो, सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह त्रिवि क्रिकेट मैदानमा पुगेसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको छ।एनपीएलको उद्घाटन खेलका लागि प्रधानमन्त्री शाह निर्धारित समयमै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन्। उनी मैदानमै बसेर केहीबेर उद्घाटन खेल अवलोकन गर्नेछन्।
तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन्। खेलअघि भएको टसमा लुम्बिनी लायन्सले जित हासिल गर्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।

लुम्बिनीको निर्णयसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धाको सुरुवात गर्नेछ। दुवै टोली प्रतियोगिताको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्।

एनपीएलको नयाँ संस्करण सुरु भएसँगै त्रिवि क्रिकेट मैदानमा क्रिकेटको माहोल बनेको छ। प्रतियोगिताले नेपाली क्रिकेटप्रेमीलाई उत्साहित बनाउनुका साथै खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको उपस्थितिबीच सुरु भएको उद्घाटन खेलसँगै एनपीएलको तेस्रो संस्करणको प्रतिस्पर्धा अघि बढेको छ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्यो अलआउट
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए । ...

आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू
ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । ...

सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश
सिमेन्ट कम्पनीका सेयर मूल्यमा चमक देखिनुका पछाडि बाढीपछिको पुननिर्माणमा माग बढ्ने र त्यसले बिजनेसलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा नै रहेको लगानीकर्ता बताउँछन् । ...

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ । ...