काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २ दिने भारत जान लागेका शाहले भोलि मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित ३४ जना सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन्।

त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि भ्रमणमा सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्री बालेन आज भारत जाँदै

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार