प्रचण्डको चेतावनी : इतिहासको भूमिकालाई अवमूल्यन गर्न खोजियो, मुलुकमा फेरि नयाँ परिस्थिति बन्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै दाहालले तत्कालीन जनयुद्धको स्मरण गरे। जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गर्दै उनले पार्टीले इतिहासमा खेलेको भूमिका र विचारको महत्त्वलाई अवमूल्यन गर्न खोजिएको बताए। जनयुद्धको प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा गर्दै दाहालले सुरुवाती दिनमा सीमित संख्यामा रहेका कार्यकर्ताबाट सुरु भएको आन्दोलन कालान्तरमा लाखौँ जनताको समर्थनमा रूपान्तरण भएको र त्यसले मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव बनाएको बताए। वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने जिकिर गरे। विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने उनको भनाइ छ। पछिल्लो समय पार्टीप्रति भइरहेका टीकाटिप्पणी र आलोचनाप्रति संकेत गर्दै दाहालले इतिहासलाई ‘माइनस’ गरेर अघि बढ्न नसकिने बताए। जनताको हित र परिवर्तनका एजेन्डामा दृढ रहेमा निकट भविष्यमै पार्टीको पक्षमा अनुकूल राजनीतिक वातावरण बन्ने उनको विश्वास छ। दाहालले भने, ‘जनताका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने हो भने अन्ततः जनताले साथ दिन्छन् भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ । जनयुद्ध सुरु गर्दा हामी जम्मा ६० जना थियौँ। त्यही संख्या बढ्दै ६००, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो र अन्ततः नेपाल गणतन्त्र बन्यो। आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ। तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ।’ उनले जनतासँग जोडिएर परिवर्तनका एजेन्डालाई दृढतापूर्वक अघि बढाएमा राजनीतिक परिस्थितिमा फेरबदल आउने र पार्टीले पुनः जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे। – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले... ...

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
• म्याग्दी जिल्लामा बाढी पहिरोबाट प्रभावित स्थानमा विद्युत आपूर्ति पुनः सुरु भएको छ। • नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाहरू मर्मत गरेर विद्युत आपूर्ति नियमित बनाउने प्रयास गरिरहेको छ। • विद्युत आपूर्ति भएपछि ग्रामीण जनजीवनमा सुधार आएको छ। ...

आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
• आजको दिन नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानको लागि अन्तिम अवसर रहेको छ। • विजयादशमीको पूजा आराधना पछि प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। • सडकमा चहलपहल बढेको भए पनि सवारी साधनको कमीले यात्रा सहज हुन सकेको छैन। ...


