Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

पोर्चुगलका प्रशिक्षक जर्ज जेससले भने : सन्न्यास घोषणा गर्ने रोनाल्डो योजना अप्रत्यासित भो !

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोर्चुगलका प्रशिक्षक जर्ज जेससले भने : सन्न्यास घोषणा गर्ने रोनाल्डो योजना अप्रत्यासित भो !
Photo / Coverage: केन्द्रबिन्दु

लिस्बन । पोर्चुगलका फुटबल प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुरा पहिले जानकारी नभएको बताएका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेपछि मात्रै थाहा भएको प्रशिक्षक जर्ज जेससको भनाइ छ। प्रशिक्षक जर्ज जेससका अनुसार उनले यस महिनाको नेसन्स लिग खेलहरूका लागि टोली घोषणा गर्न लागेका थिए, तर त्यसको अघिल्लो दिन रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरेका हुन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जेससले भने, ‘रोनाल्डोले लाई आफ्नो निर्णयबारे पूर्वजानकारी दिएनन्।’ आफूले पनि यस विषयमा अरू मानिसलेजस्तै घोषणापछि मात्रै थाहा पाएको उनले बताए। उनले थपे, ‘उनी (रोनाल्डो) खेलिरहेका थिए, गोल गरिरहेका थिए र मेरो टोलीको सूचीमा रहेका खेलाडीमध्ये एक थिए।’ अन्तर्राष्ट्रिय फुटबलबाट ३० दिनको निलम्बन पूरा गरेपछि रोनाल्डो फेरि टोलीको लागि उपलब्ध थिए। त्यो अवधिमा राष्ट्रिय टोलीले कुनै पनि खेल खेलेन। पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले सेप्टेम्बरमा डेनमार्कविरुद्धको नेसन्स लिग खेलका लागि सुरुवाती टिममा नपरेको भन्दै पोर्चुगल क्याम्प छाडेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो
Latest NewsJust now

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ। नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह (अनशन)अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरी अनशन तोडाएका हुन् । डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले ...

नेपालन्युज
लोकप्रिय बन्दै प्राकृतिक उपचार पद्धति
Latest NewsJust now

लोकप्रिय बन्दै प्राकृतिक उपचार पद्धति

बोमलाल गिरीनवलपुर, कात्तिक २१ गते । आमसञ्चारका प्राध्यापक ७२ वर्षीय जोन प्यारिस घुँडा खिइने, गर्धन दुख्ने र प्रोस्टेटको समस्याले गस्त हुनुहुन्थ्यो । अमेरिकाको ड्यालसका उहाँ त्यहाँ... ...

गोरखापत्र
कलाकार रमेश दुलालले गरे काग सम्मेलन, यसरी बोलाए सयौं काग (भिडियोसहित)
Latest NewsJust now

कलाकार रमेश दुलालले गरे काग सम्मेलन, यसरी बोलाए सयौं काग (भिडियोसहित)

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन 'काग तिहार'को अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा 'काग सम्मेलन' सम्पन्न गरेका छन् । राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको... ...

रातोपाटी
फेरियो गन्धर्व बस्ती फेरिएन सारङ्गीको पीडा
Latest NewsJust now

फेरियो गन्धर्व बस्ती फेरिएन सारङ्गीको पीडा

सन्तोष दहितदाङ, कात्तिक २१ गते । घोराही बजारदेखि करिब १२ किलोमिटर पश्चिम मज्गैगाउँ पुगिन्छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने मज्गैबाट उत्तरतर्फ करिब दुई किलोमिटर अघि बढेपछि पत्रेखो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play