Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पोखराले बनायो एनपीएलको इतिहासमै सर्वाधिक रन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराले बनायो एनपीएलको इतिहासमै सर्वाधिक रन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो। पोखराका लागि कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ९९ रन बनाए। शतक बनाउन मात्र १ रनले चुकेका उनले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गरे। त्यस्तै, युवराज साम्राले पनि आक्रामक ब्याटिङ गर्दै ८९ रनको योगदान दिए। उनले ५५ बलको सामना गरेका थिए। दुवै ब्याटरको उत्कृष्ट प्रदर्शनमा पोखराले विशाल योगफल तयार पारेको हो। काठमाडौंका लागि करण केसीले २ विकेट लिए भने जहान्द खानले १ विकेट हात पारे। लिग चरणको अन्तिम खेलमा काठमाडौं यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने पोखरा भने प्लेअफको दौडबाट बाहिरिसकेको छ। अब २२५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रने काठमाडौंले कस्तो प्रदर्शन गर्छ, त्यो हेर्न बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाढी प्रभावित २१२ विद्यार्थीलाई नुवाकोट-अमेरिका सम्पर्क समितिको साढे १५ लाख आर्थिक सहयोग
Latest NewsJust now

बाढी प्रभावित २१२ विद्यार्थीलाई नुवाकोट-अमेरिका सम्पर्क समितिको साढे १५ लाख आर्थिक सहयोग

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोट र रसुवाका बालबालिकाको पठनपाठनमा अवरोध नहोस् भन्ने उद्देश्यले नुवाकोट–अमेरिका सम्पर्क समितिले २१२ जना बाढीपीडित विद्यार्थीका लागि कुल १५ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रवासमा रहेका नुवाकोट निवासी नागरिकको साझा संस्था नुवाकोट–अमेरिका सम्पर्क समितिले विभिन्न आठवटा विद्यालय तथा छात्रावासमा अध्ययनरत विद्यार्थीहरूका साथै […] ...

लोकपथ
आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
Latest NewsJust now

आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिइएको छ । सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार रिट निवेदन दर्ताको प्रक्रियामा छ । राष्ट्रिय जेन जेड नागरिक अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दिएका हुन् । नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन ...

कर्पोरट खबर
आगामी दुई वर्षको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान
Latest NewsJust now

आगामी दुई वर्षको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान

काठमाडौँ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आगामी दुई वर्षका लागि (नेपाल प्रिमियर लिग बाहेक) विभिन्न क्रिकेट कार्यक्रमहरूको विशेष टिकट बिक्री अधिकारका लागि योग्य बोलपत्रदाताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement