काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिइएको छ । सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार रिट निवेदन दर्ताको प्रक्रियामा छ । राष्ट्रिय जेन जेड नागरिक अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दिएका हुन् । नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा डोल्मालाई विधि र प्रक्रिया विपरीत उपाध्यक्ष नियुक्त गरिएको जिकिर निवेदकहरूले गरेका छन् । उनीहरूले सोही आधारमा नियुक्तिसम्बन्धी निर्णय बदर गर्न माग गरेका हुन् । The post आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

Read Complete Original Article
Published originally on कर्पोरट खबर






