पोखरामा पर्यटकीय चहलपहल बढ्यो

गण्डकी । दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पोखराका होटलको ‘अकुपेन्सी’ ७५ प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “दसैँको भोलिपल्टदेखि नै पोखरामा पर्यटकको चहलपहल सुरू भएको छ, लामो बिदा परेकाले पर्यटक आगमन बढेको हो”, उनले भने, “पोखरा र आसपासका गन्तव्यस्थल घुम्नका लागि अहिलेको मौसम पनि अनुकूल छ ।” अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकले पनि केही दिन पोखरामा बिताउने हुँदा यस याममा विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको आवतजावत बढी देखिन्छ ।असोज र कात्तिकको समयलाई पदयात्राका लागि उपयुक्त मानिन्छ । पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । उनले दसैँ बिदालगत्तै पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताए । “पदयात्राका लागि यो याम उत्तम मानिन्छ, दसैँ बिदा पनि परेकाले यो बेला धेरैले घुमफिरको योजना बनाइरहेका हुन्छन्”, उनले भने । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पर्छन् । कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ । अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने अधिकांश पर्यटक पोखरा हुँदै जाने गरेका छन् । यो याममा पोखरालाई मात्र गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि उल्लेख हुने गर्छ । The post पोखरामा पर्यटकीय चहलपहल बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ... ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् । नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका ३ वटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो । […] ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी... ...

पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्यले छोयो आकाश
पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढेको छ। ...


