Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Others/पोखराका नौवटै ताल जोड्न १ अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना

पोखराका नौवटै ताल जोड्न १ अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना

11/1/2026, 2:34:55 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराका नौवटै ताल जोड्न १ अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना

प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अगाडि बढाउन लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट शुरु हुने उक्त ट्रेलले पोखराका नौवटै ताललाई आपसमा जोड्नेछ । साइकल लेनसहित निर्माण हुने ट्रेल सम्पन्न भएपछि पर्यटकले साइकल तथा अन्य सवारीसाधनमार्फत पोखराका सबै तालसम्म सहजै पुग्न सक्नेछन् । आयोजना कार्यान्वयनमा आएपछि ओझेलमा परेका ताल तथा आसपासका पर्यटकीय क्षेत्रसमेत चलायमान हुने महानगरको अपेक्षा छ । यसले पोखरा आउने पर्यटकको बसाइ अवधि कम्तीमा दुई दिन थप लम्ब्याउन विशेष भूमिका खेल्ने मेयर आचार्यले बताए। उनकाअनुसार पर्यटकलाई फेवातालमा मात्रै सीमित नराखी पोखराका अन्य ताल तथा पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन यो आयोजना महत्त्वपूर्ण हुनेछ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको उल्लेख गर्दै मेयर आचार्यले यहाँको प्राकृतिक सम्पदा, संस्कृति र शाहसिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्न महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनकाअनुसार आफू महानगर प्रमुखमा निर्वाचित भएर आएपछि ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना अघि बढिरहेका छन् । उनले भने, ‘पोखरा नेचर, कल्चर र एडभेन्चरको शहर हो । यही विशेषताका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हौँ । पोखरामा रहेका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने यो योजना दिगो पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुनेछ ।’ मेयर आचार्यले निर्वाचनका बेला नै पोखराका सबै ताललाई साइकल तथा अन्य सवारीसाधनको माध्यमबाट आपसमा जोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आफ्नो कार्यकालको अन्तिम चरणमा उक्त प्रतिवद्धताअनुसारको गौरवको आयोजना कार्यान्वयनको दिशामा अघि बढ्न लाग्दा आफू उत्साहित भएको उनले बताए। पोखराका ताल, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोड्ने यो आयोजना सम्पन्न भएपछि पर्यटकको बसाइ अवधि बढ्नुका साथै ताल आसपासका क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । यसले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा आधारित उद्यमलाई समेत नयाँ अवसर सिर्जना गर्ने विश्वास महानगरले लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बडीमालिकामा हिमपात : कञ्चनपुरका मनीष ज्यान गयो
OthersJust now

बडीमालिकामा हिमपात : कञ्चनपुरका मनीष ज्यान गयो

बडीमालिकाबाट फर्किने क्रममा सम्पर्कविहीन भएका वेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनीष बोहरा त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका हुन्। ...

अनलाइन खबर
कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा
OthersJust now

कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा

‘सरकारलाई मनमौजी हुने कुरा, सरकार जबाफदेही नहुने कुरा हाम्रा लागि स्वीकार्य छैन । डरबाट शासन गर्ने कुरा हाम्रा लागि स्वीकार्य छैन । सरकारले भर दिएर शासन गरोस् भन्ने हामी चाहन्छौं,’ उनले भने । ...

अनलाइन खबर
पत्रकार पक्राउको घटनामा गगनले भने- पञ्चायती शासनकालको याद दिलायो
OthersJust now

पत्रकार पक्राउको घटनामा गगनले भने- पञ्चायती शासनकालको याद दिलायो

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै विभिन्न मिडिया हाउसको समाचार कक्षमा प्रहरी पुगेको र पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाएका छन्। ...

अनलाइन खबर
परम्परादेखि नै नेपाली भान्साको आफ्नै ऋतुचक्र छ
OthersJust now

परम्परादेखि नै नेपाली भान्साको आफ्नै ऋतुचक्र छ

परम्परागत चिनियाँ चिकित्सामा एउटा महत्वपूर्ण अवधारणा छ, खानपानमा उचित समय, मात्रा र संयमको ख्याल गर्नुपर्छ । अझै भनौँ ‘खानपानको पनि चाडपर्व हुन्छ ।’ यसको अर्थ केवल कति खाने भन्ने होइन, कहिले खाने, कहाँको खाने र कस्तो प्रकृतिको खाना खाने भन्ने विषयसँग पनि जोडिएको छ। प्रकृति निरन्तर परिवर्तनशील छ । वसन्तमा प्रकृति अंकुराउँछ, गर्मीमा विस्तार र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play