Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन
Photo / Coverage: टेक्नोलोजी खबर

पोखरा विश्वविद्यालयले २९औँ दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै आगामी मंसिर ५ गतेदेखि पुस ५ गतेसम्म अनलाइन फाराम भर्न सकिने जनाएको छ। विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन्। तर २०८२ साल माघ २४ गते (७ फेब्रुअरी २०२६) पछि ट्रान्सक्रिप्ट जारी भएका विद्यार्थीले मात्रै यस समारोहमा सहभागी हुन पाउनेछन्। साथै, दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीले २०८३ साल मंसिर २९ गते (१५ डिसेम्बर २०२६) सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेको हुनुपर्नेछ। आवेदनका लागि विद्यार्थीले पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट exam.pu.edu.np मा गई अनलाइन फाराम भर्नुपर्नेछ। फारामसँगै १.१×१.४ इन्च आकारको फोटो, नागरिकताको प्रमाणपत्र र ट्रान्सक्रिप्टको रंगीन स्क्यान प्रतिलिपि अपलोड गर्नुपर्नेछ। दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले दीक्षान्त प्रमाणपत्र शुल्कबापत ५ हजार रुपैयाँ र दीक्षान्त पोसाक धरौटीबापत २ हजार ५०० रुपैयाँ गरी जम्मा ७ हजार ५०० रुपैयाँ अनलाइन पोर्टलमार्फत बुझाउनुपर्नेछ। विद्यार्थीले बुझाएको धरौटी रकमबाट ३०० रुपैयाँ पोसाकको मर्मतसम्भार शुल्क कट्टा गरी बाँकी २ हजार २०० रुपैयाँ फिर्ता गरिने विश्वविद्यालयले जनाएको छ। धरौटी रकम फिर्ता लिन विद्यार्थीले आफ्नै नामको बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ। अनलाइन फाराममा नेपाली र अंग्रेजी दुवै भाषामा नाम नागरिकताअनुसार भर्नुपर्नेछ। फाराममा उल्लेखित विवरणका आधारमा प्रमाणपत्र तयार हुने भएकाले विवरण गलत भए त्यसको जिम्मेवारी स्वयं विद्यार्थीले लिनुपर्ने सूचनामा उल्लेख छ। दीक्षान्त समारोहको मिति, समय र स्थान तथा पोसाक वितरण र फिर्तासम्बन्धी थप जानकारी विश्वविद्यालयको वेबसाइटमार्फत पछि प्रकाशित गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। The post पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कर्णाली प्रदेशले तोक्यो राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड
TechnologyJust now

कर्णाली प्रदेशले तोक्यो राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड

कर्णाली प्रदेशले प्रदेशभित्र राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड तोकेको छ। प्रदेशले आज सार्वजनिक गरेको ‘कर्णाली प्रदेश राईड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली २०८३ मा यसबारे प्रस्ट प्रावधान राखिएको छ। दुईपाङ्ग्रे सवारी साधनको हकमा नियमावली अनुसार विद्युतीय शक्तिको हकमा कम्तीमा १.५ किलोवाट क्षमता भएको, सवारी दर्ता प्रमाणपत्र र सवारी चालकमापदण्ड पूरा गरेको, पेट्रोल वा विद्युतीय शक्तिबाट ...

टेक्नोलोजी खबर
विशेष प्राथमिकताका युवाका लागि अनलाइन लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै सरकार, यसरी दिनुहोस् आवेदन
TechnologyJust now

विशेष प्राथमिकताका युवाका लागि अनलाइन लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

राष्ट्रिय युवा परिषद्ले विशेष प्राथमिकता प्राप्त युवाका लागि लोकसेवा आयोगको परीक्षाको तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार शाखा अधिकृत र नायब सुब्बा पदको तयारी कक्षा सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत शाखा अधिकृत पदको प्रथम पत्र र नायब सुब्बा पदका लागि अनलाइन कक्षा सञ्चालन ...

टेक्नोलोजी खबर
अमेरिकी संघीय सञ्चार आयोगले हवाईजहाजका लागि डाटा लिङ्क गर्न ४५० मेगाहर्ज ब्यान्ड खोल्ने
TechnologyJust now

अमेरिकी संघीय सञ्चार आयोगले हवाईजहाजका लागि डाटा लिङ्क गर्न ४५० मेगाहर्ज ब्यान्ड खोल्ने

अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले जमिन र चालक दल/अनक्रुड विमानहरू बीच सुरक्षा-सम्बन्धित डाटा लिङ्कहरूको लागि ४५० मेगाहर्ज स्पेक्ट्रम ब्यान्ड खोल्ने पक्षमा मतदान गरेको छ। नयाँ नियमहरूले पुरानो, प्रत्येक साइटहरुका चाहिने नियमहरूलाई प्रतिस्थापन गर्न नयाँ लचिलो राष्ट्रव्यापी इजाजतपत्र प्रणाली परिचय गराउनेछ, जसले उच्च उचाइमा सामान्य उड्डयन विमानहरूको लागि ४५० मेगाहर्ज ब्यान्ड प्रयोग गरेर आवाज सञ्चार सेवालाई प्रतिबन्धित गरेको छ। यसले उन्नत हवाई ...

टेक्नोलोजी खबर
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान
TechnologyJust now

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान

६ मंसिर, काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त हुनुभएको ऐतिहासिक अवसरमा आज महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रकै गौरवपूर्ण […] The post क्यान महासंघद्वारा इजरायलका ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement