काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा सहभागी भई नयाँ दिल्ली पुगेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले भारतीय व्यवसायीहरूसँग व्यावसायिक भेटघाट गरेका छन् । भेटघाटका क्रममा अध्यक्ष पाण्डेले नेपालमा पूर्वाधार विकासका लागि लगानीमैत्री ऐन तथा कानुन निर्माण भएको जानकारी गराउँदै भारतीय व्यवसायीलाई नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालमा पूर्वाधार विकासको सम्भावना रहेको उल्लेख गर्दै उनले भारतीय व्यवसायी तथा लगानीकर्तालाई नेपालको निर्माण तथा पूर्वाधार क्षेत्रमा सहकार्य र लगानीका लागि आह्वान गरेका हुन् । यसअघि आइतबार बिहान अध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ सहितका पदाधिकारी, कार्यसमिति सदस्य तथा महासंघ सचिवालयका कर्मचारीले बिदाइ गरेका थिए ।
पूर्वाधार क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई महासंघ अध्यक्ष पाण्डेको आग्रह

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






