Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
Photo / Coverage: पर्दाफास

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा संगठित अपराधसम्बन्धी प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ । शुक्रबार अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । भारतको दिल्लीमा पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो । अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको अतिरिक्त शुल्क विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । सीआईबीले उनीविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा (बीएमएस) का नाममा प्रतिव्यक्ति १०० रिङ्गेट अतिरिक्त शुल्क असुली गरिएको थियो । सन् २०१९ देखि २०२४ सम्म संकलित रकम विभिन्न चरणमा १७ पटक मलेसिया पठाइएको प्रहरीको दाबी छ । यसरी संकलित रकम नेपाल र मलेसिया सरकारबीच भएको समझदारी तथा प्रचलित कानुनी व्यवस्थाविपरीत विदेश पठाइएको आरोप छ । अनुसन्धानमा मलेसियाली कम्पनी बेस्टिनेटको नेपालस्थित स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको भूमिका पनि देखिएको उल्लेख छ । सीआईबीको अनुसन्धानमा यस प्रकरणमा करिब १ अर्ब ६९ करोड रुपैयाँ गैरकानुनी रूपमा मलेसिया पठाइएको आरोप छ । उक्त रकम पठाउने निर्णय प्रक्रियामा सरकारी अधिकारीहरूको भूमिका रहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महिला बास्केटबलमा तीन विभागीय टोली र सुदूरपश्चिम सेमिफाइनलमा
OthersJust now

महिला बास्केटबलमा तीन विभागीय टोली र सुदूरपश्चिम सेमिफाइनलमा

११ मंसिर, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत महिला बास्केटबल फुलकोर्टमा तीन विभागीय टोली एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । सुर्खेत रंगशाला हातामा रहेको बास्केटबल कवर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा एपीएफले गण्डकीलाई ७९-१२ ले हरायो । एपीएफले चारै क्वाटरमा अग्रता लिने क्रममा १५-६, १६-४, १५-०, ३३-२… ...

अनलाइन खबर
कहाँ हरायो ८४ करोड ६८ लाख कित्ता कागजी सेयर ?
OthersJust now

कहाँ हरायो ८४ करोड ६८ लाख कित्ता कागजी सेयर ?

सेयर बजारमा हाल सूचीकृत कुल सेयर संख्या २० अर्ब ८७ करोड ८९ लाख ६३ हजार ६६६ कित्ता रहेको छ । तर त्यो सेयरमध्ये ८४ करोड ६८ लाख ४९ हजार २१५ कित्ता सेयरको अत्तोपत्तो छैन । ...

अनलाइन खबर
कांग्रेस कसको हो भन्ने कुरा इतिहासले बताउँछ : डा. प्रकाशशरण महत
OthersJust now

कांग्रेस कसको हो भन्ने कुरा इतिहासले बताउँछ : डा. प्रकाशशरण महत

कांग्रेसको विचार, नीति र सिद्धान्तमा प्रतिबद्ध नेता तथा कार्यकर्तालाई सेवा–सुविधा कटौती हुने वा कारबाहीमा पर्ने डरबाट विचलित नहुन पनि उनले आग्रह गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement