Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

पूर्वमुख्यसचिव अर्याल पक्राउ बारे सीआईबीले के भन्यो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमुख्यसचिव अर्याल पक्राउ बारे सीआईबीले के भन्यो ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको जनाएको छ । सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यस प्रकरणमा मलेसिया र नेपाल सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट रकम असुली गरिएको आरोप छ । ब्युरोका अनुसार गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाउने निर्णय गरिएको थियो । सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराइएको तथा संगठित समूहको लाभका लागि श्रमिक ठगी हुँदा पनि कानुनी उपचार नगरिएको सीआईबीको आरोप छ । यस प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट २०८३ मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको ब्युरोले जनाएको छ । सीआईबीका अनुसार तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसमेत रहेका ५९ वर्षीय अर्याललाई २०८३ मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनीमाथि अवैध रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको तथा आर्थिक लाभ लिने र दिलाउने कार्यमा भूमिका रहेको आरोपमा थप अनुसन्धान भइरहेको छ । The post पूर्वमुख्यसचिव अर्याल पक्राउ बारे सीआईबीले के भन्यो ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राइड २५ अभियानको टोली सौराहामा
Latest NewsJust now

राइड २५ अभियानको टोली सौराहामा

चितवन । लण्डनदेखि अष्ट्रेलियाको सिड्नीसम्म अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको राइड २५ अभियानको टोली चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित १५औँ चरणको यात्रामा रहेको टोलीले सौराहास्थित रोयल ट्युलिप चितवनमा बसेर यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन वातावरण र आतिथ्यताको अनुभव गरेको हो । सन् २०१२ देखि सञ्चालन हुँदै आएको राइड २५ अभियानले विभिन्न देश हुँदै चरणबद्धरूपमा ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ । मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न... ...

रातोपाटी
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना... ...

रातोपाटी
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
Latest NewsJust now

आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज (शनिबार) देखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । काठमाडौँ उपत्यका मध्य तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement