Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

पूर्वआइजीपी कार्कीले सुरक्षा सल्लाहकारको पत्र बुझिसकेको गृहको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वआइजीपी कार्कीले सुरक्षा सल्लाहकारको पत्र बुझिसकेको गृहको दाबी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त हुनुभएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले त्यही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले त्यही दिन नियुक्ति पत्र बुझ्नुभएको जानकारी दिए । त्यसपछि तिहार र छठ पर्वको समेत लामो बिदा परेका कारण उहाँ कार्यालयमा हाजिर भने नभएको गृहले जनाएको छ । देशको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो । उहाँको कार्यकक्ष सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ । तर कार्कीले भने आफूलाई आईजीपी पदबाट हटाएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । The post पूर्वआइजीपी कार्कीले सुरक्षा सल्लाहकारको पत्र बुझिसकेको गृहको दाबी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंबाट रारा जादै गरेको गाडी  मुगुमा दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते
Latest NewsJust now

काठमाडौंबाट रारा जादै गरेको गाडी मुगुमा दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

• मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ र दुई जना गम्भीर घाइते भएका छन्। • दुर्घटना काठमाडौंबाट रारा आउँदै गरेको टोयोटा गाडी जिमाकाँरा भिरबाट खस्दा भएको हो। • घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल ठिनीमा उपचारका लागि पठाइएको छ, र मृत्यु तथा घाइतेहरूको पहिचान खुल्न सकेको छैन। ...

नेपालबहस
कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराको कीर्तिमानी रन
Latest NewsJust now

कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराको कीर्तिमानी रन

पोखराका कुशल भुर्तेल र युवराज सामराले विष्फोटक ब्याटिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजसामु जितका लागि २२५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २२४ रनको योगफल तयार पारेको हो।  एनप... ...

नेपालखबर
कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराले दियो २ सय २५ रनको विशाल लक्ष्य
Latest NewsJust now

कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराले दियो २ सय २५ रनको विशाल लक्ष्य

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनअन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २ सय २५ रनको विशाल लक्ष्य दिएको छ । आफ्नो अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २४ रन बनायो । पोखराको विशाल योगफलमा कुशल भुर्तेल र युवराज सम्राले उत्कृष्ट ब्याटिङ गरे । कुशलले ५१ बलमा ८ चौका र ८ ...

फरकधार
एनपीएलमा पोखराको रेकर्ड, दियो अहिलेसम्मकै ठूलो लक्ष्य
Latest NewsJust now

एनपीएलमा पोखराको रेकर्ड, दियो अहिलेसम्मकै ठूलो लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै विशाल स्कोर खडा गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाउँदै एनपीएल इतिहासमै अहिलेसम्मकै ठूलो स्कोरको कीर्तिमान बनाएको छ। पोखराको यो ऐतिहासिक इनिङ्समा शीर्ष क्रमका ब्याट्सम्यान कुशल भुर्तेल र युवराज सम्राले विस्फोटक साझेदारी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play