Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
Photo / Coverage: टक्सार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी, विशेषगरी भारतीय लगानीको अभिलेखीकरण नहुँदा देखिएका जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको मूल समारोहमा मन्तव्य राख्दै ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत समस्या भोग्नुपरेको बताए। उनले यस विषयमा उद्योगमन्त्री र मन्त्रालयका सचिवको विशेष ध्यानाकर्षण गराए। “उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी (एफडिआई) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” ढकालले भने। सोही अवसरमा उनले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसा गरे। सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकका रूपमा सम्मान गरेको उल्लेख गरे। निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार भएको कुरालाई नयाँ सरकारले आत्मसात् गरेको बताउँदै उनले पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम सराहनीय रहेको बताए। “अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ,” उनले भने। उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण तथा विद्युतीकरणको प्रशंसा गर्दै ढकालले निजी क्षेत्रमैत्री नीतिगत सुधारले अझ गति लिने विश्वास व्यक्त गरे। ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुख तथा उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष ढकाललाई सम्मानसमेत गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता व्यवहारमै लागू गर्न प्रधानमन्त्री बालेनको आह्वान
Latest NewsJust now

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता व्यवहारमै लागू गर्न प्रधानमन्त्री बालेनको आह्वान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान गरेका छन् । उनले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र […] ...

लोकपथ
अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास
Latest NewsJust now

अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास

काठमाडौँ। काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज भवनको शिलान्यास गरेकी हुन्। कार्यक्रममा उनले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्नेभन्दा उनीहरूको फरक आवश्यकतालाई सम्बोधन गर्न शिक्षा प्रणाली सक्षम छ कि छैन भन्ने विषय महत्त्वपूर्ण रहेको बताइन्। समाजमा अटिजम तथा बौद्धिक अपाङ्गता ...

नेपालन्युज
पुँजी बजारको विकासमा योगदान बढाउन कोषले नयाँ क्षेत्र खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की
Latest NewsJust now

पुँजी बजारको विकासमा योगदान बढाउन कोषले नयाँ क्षेत्र खोजिरहेको छ : कार्यकारी निर्देशक कार्की

काठमाडौँ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक,... ...

रातोपाटी
सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी
Latest NewsJust now

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार्यको नयाँ तथा महत्त्वपूर्ण उपलब्धि भएको सीको भनाइ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement