पाख्रीबासले उचाल्यो ‘कोशी कप-२०८३’ को उपाधि

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालन भएको ‘कोशी कप-२०८३’ को उपाधि धनकुटाको पाख्रीबास नगरपालिका-५ ले जितेको छ । विगत दुई दशकदेखि कोशी युवा क्लबको आयोजनामा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ ।भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर-१२ देउरालीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा भोजपुर, संखुवासभा र धनकुटाका विभिन्न पालिकाबाट १२ टोलीले सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष लक्ष्मण जोशीले बताउनुभयो । प्रतियोगिताको विजेता पाख्रीबास नगरपालिका-५ ले नगद ५५ हजार ५५५ रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको छ । यस्तै दोस्रो भएको भोजपुरको षडानन्द नगरपालिका-१२, देउरालीले नगद ३० हजारसहित मेडल र ट्रफी प्राप्त गर्दा तेस्रो भएको षडानन्द नगरपालिका-५, पुलबजारले नगद २० हजार तथा सान्त्वना भएको सभापोखरीले-३ ले नगद १० हजार रुपैयाँ प्राप्त गरेको अध्यक्ष जोशीले जानकारी दिनुभयो । आयोजकका अनुसार प्रतियोगितामा व्यक्तिगत विधातर्फ पुलबजारका कृष्ण रसाइली उत्कृष्ट मिडल ब्लकर, पाख्रीबासका सुगम राई उत्कृष्ट सेटर, षडानन्द–१२ का निश्चल श्रेष्ठ उत्कृष्ट लिब्रो र षडानन्द-१२ कै मनोज गजमेर उत्कृष्ट स्पाइकर घोषित हुनुभयो । यस्तै, पुलबजारका अमृत रसाइली नवप्रतिभा खेलाडी घोषित हुँदा सभापोखरी-१ धुपू, संखुवासभा अनुशासित टोली घोषित भएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने विजेता पाख्रीबासका पवन थापाले हात पार्नुभयो । विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राई, षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदास, जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष देउप्रकाश राईलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विगत दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको कोशी कपले स्थानीयस्तरमा भलिबल खेलको विकाससँगै विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा र प्रतिभा पहिचानका लागि अवसर प्रदान गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सामूहिक प्रयासमा फूलखेती
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच... ...

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ,... ...

नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास
इजरायलमा चुनावपछि विपक्षी नेता गादी आइजेनकोटले सरकार गठनको प्रयास सुरु गरेका छन्। यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेट गरेका छन्। आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगा... ...

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने
बाँके । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ । गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने... ...


