Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ: डा. धर्मराज उप्रेती

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ: डा. धर्मराज उप्रेती
Photo / Coverage: केन्द्रबिन्दु

टर्किए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताएका छन् । कोप–३१ सम्मेलनस्थलमा रहेको पाकिस्तान प्याभिलियनमा आज आयोजित ‘समुदायको नेतृत्वमा तथ्याङ्कमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उनले बाढी प्रभावितको पुनःस्थापनाका लागि नेपालले अघि बढाएका पहल र प्रक्रियाबारे जानकारी गराएका हुन् । डा. उप्रेतीका अनुसार प्रभावित क्षेत्रको भौगर्भिक अवस्था तथा बाढी जोखिमको आकलन, सुरक्षित स्थानको पहिचान र स्थायी आवास निर्माणका लागि लाभग्राही छनोट प्रक्रिया अघि बढाइएको छ । प्रभावित परिवारलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा बाढीबाट प्रभावित निजी जग्गासँग सरकारी जग्गा सट्टापट्टा गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए । प्रभावित परिवारलाई बसोबास र जीविकोपार्जनका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय भएको जानकारी दिँदै उनले पुनःस्थापनाको प्रक्रियामा जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिइएको उल्लेख गरे । “नेपालले जोखिमसम्बन्धी ज्ञान र पूर्वसूचना प्रणालीलाई योजना निर्माणको आधारका रूपमा आत्मसात् गरेको छ । भौगर्भिक जोखिम, बाढीजन्य जोखिम तथा तिनका शृङ्खलाबद्ध असरको बहुप्रकोपीय जोखिम आकलन सुरु गरिएको छ”, उनले भने । उनले सन् २०२२ मा पाकिस्तानमा आएको विनाशकारी बाढीपछि हजारौँ प्रभावितको पुनःस्थापना तथा पुनर्निर्माणका क्रममा हासिल भएका अनुभव र सिकाइबाट नेपालले लाभ लिन सक्ने धारणा राखे । छलफलमा पाकिस्तानी प्रतिनिधिहरूले सन् २०२२ को बाढीपछि प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका क्रममा भोगेका चुनौती, हासिल गरेका उपलब्धि र सिकाइ प्रस्तुत गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरविरुद्ध लुम्बिनीको उत्कृष्ट सुरुवात
Latest NewsJust now

विराटनगरविरुद्ध लुम्बिनीको उत्कृष्ट सुरुवात

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले उत्कृष्ट सुरुवात गरेको छ । विराटनगरले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुरुवाती ६ ओभरको पावर प्लेमा कुनै विकेट नगुमाई ३९ रन बनाएको छ । लुम्बिनीका ओपनिङ ब्याटरद्वय आसिफ शेख १९ र डार्सी सर्ट १७ रन बनाएर क्रिजमा छन् । दुवै ब्याटरले टोलीलाई राम्रो सुरुवात दिलाएका छन् । त्यसअघि टस हारेर ...

फरकधार
छठमा झिलिमिली गौरीघाट र कमलपोखरी, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

छठमा झिलिमिली गौरीघाट र कमलपोखरी, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंका गौरीघाट र कमलपोखरी झिलिमिली बनेको छ । छठ पूजाका लागि दुवै स्थानमा घाट सजावट, सरसफाइ तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । व्रतालु तथा... ...

रातोपाटी
रसुवागढी नाका तीन महिनादेखि ठप्प : स्याफ्रुबेँसीपारि ‘बेलिब्रिज कि पक्की’ भन्नेमा अन्योल
Latest NewsJust now

रसुवागढी नाका तीन महिनादेखि ठप्प : स्याफ्रुबेँसीपारि ‘बेलिब्रिज कि पक्की’ भन्नेमा अन्योल

काठमाडौँ । विगत तीन महिनादेखि पूर्ण रूपमा ठप्प रहेको मुलुककै प्रमुख उत्तरी व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण कार्यले तिहारलगत्तै तीव्रता पाएको छ। चाडपर्वका कारण केही दिन... ...

रातोपाटी
जिल्लामै मुटुरोगको जटिल उपचार सेवा प्रभावकारी
Latest NewsJust now

जिल्लामै मुटुरोगको जटिल उपचार सेवा प्रभावकारी

सन्तोष दहितदाङ, कार्तिक २८ गते । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै प्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play