काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई जितका लागि ३१४ रनको लक्ष्य दिएको छ। दोहामा जारी खेलमा पाकिस्तान ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोज्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनायो। पाकिस्तान ‘ए’ का लागि हसन नवाजले ८२ बलमा ५ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ७९ रनको योगदान दिए। माज सदाकतले ६३ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाउँदा फरहान युसुफले ४८ बलमा ४ चौका र २ छक्कासहित ५६ रन जोडे। त्यसैगरी शमिल हुसेनले ३३, कप्तान अब्दुल समदले २८, मोहम्मद इमरानले २३, साद मसुदले ९, अहमद दानियालले ८, सुफियान मोकिमले अविजित ३ र अली राजाले २ रन बनाउँदा रोहेल नाजिर शून्य रनमा आउट भए। भारत ‘ए’ का लागि बलिङतर्फ सूर्यांश शेडगे, विपराज निगम, हर्षित राणा र प्रिन्स यादवले समान २–२ विकेट लिए। सूर्यांशले ८ ओभरमा ५५ रन, विपराजले ८ ओभरमा ४६ रन, हर्षितले १० ओभरमा ७७ रन र प्रिन्सले ९.२ ओभरमा ६० रन खर्चेर २–२ विकेट हात पारे। आयुष बदोनीले ५ ओभरमा १८ रन दिएर १ विकेट लिँदा शाहबाज अहमद र अभिषेक शर्मा भने विकेटविहीन रहे।
पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई दियो ३१४ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






