बेलायतका एक धावकले दौड र पजल समाधान गर्ने सीपलाई एकसाथ प्रयोग गर्दै अनौठो विश्वकीर्तिमान कायम गरेका छन् । बेलायती धावक जर्ज स्कोलीले एक माइल दौड पूरा गर्ने क्रममा चारवटा रुबिक्स क्युब मिलाएर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् । स्कोलीले गत १२ अक्टोबरमा क्यानडाको टोरन्टोस्थित सेन्ट्रल टेक हाई स्कुलको दौड ट्र्याकमा यो कीर्तिमान बनाएका थिए । उनले चारवटा रुबिक्स क्युब मिलाउँदै एक माइल अर्थात् करिब १.६१ किलोमिटर दूरी ५ मिनेट ९.२५ सेकेन्डमा पूरा गरेका हुन् । गिनिज वर्ल्ड रेकर्ड्सले ६ नोभेम्बरमा उनको उपलब्धिबारे समाचार प्रकाशित गरे...
पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान

Read Complete Original Article
Published originally on फरकधार






