Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

पल र सनिषाको जोडीमा सजियो ‘सुनबुकी फूल’

Share:WhatsAppFacebookX (Twitter)Telegram
पल र सनिषाको जोडीमा सजियो ‘सुनबुकी फूल’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । लोकप्रिय अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको नयाँ नेपाली यूगल गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सोमबार दिउँसो दर्शकमाझ ल्याइएको हो । यो कर्णप्रिय गीतमा गायिका मिलन नेवार तथा गायक मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्दहरु राजनराज शिवाकोटी तथा गोविन्द भट्टले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीले दिएका छन् । गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार तथा सञ्जीव बराइलीले गरेका छन् । गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोका स्थापित निर्देशक देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह तथा सनिशा भट्टराई मुख्य भूमिकामा छन् । उनीहरूसँगै भिडियोमा कलाकार पुकार भट्टराईको पनि अभिनय रहेको छ । भिडियोमा नेपाली मौलिक पहिरन, संस्कृति तथा सामूहिक नृत्यलाई प्राथमिकता दिइएको छ । भिडियोमा दर्शकका प्रिय अभिनेता पल तथा अभिनेत्री सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग आकर्षक देखाइएको छ । गीतको दृश्यमा नेपाली सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक प्रस्तुतिको संयोजन देख्न सकिन्छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन् । सहायक कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ । मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी तथा आर्टमा जट्टा शंकरले काम गरेका छन् । त्यस्तै, भिडियोको पोस्टर विजय बस्यालले तयार पारेका हुन् । प्रोडक्सन म्यानेजर विनोद पौडेल, स्टिल्स लक्ष्मण पाण्डे, ग्रुप लिडर हरि अधिकारी तथा प्रोडक्सन हेड राम तिमिल्सिना रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो । पल शाह तथा सनिशा भट्टराईको सहकार्य रहेको यस गीतको भिडियो उनीहरूको अनस्क्रिन जोडीलाई फेरि एकपटक दर्शकमाझ प्रस्तुत गरेको छ । गरिमा फिल्म्सले नयाँ सांगीतिक प्रस्तुतिका रूपमा सार्वजनिक गरेको ‘सुनबुकी फूल’ नेपाली लोक तथा नृत्यप्रधान गीत रुचाउने दर्शकका लागि लक्षित देखिन्छ । गीतको अडियो तथा भिडियो गरिमा फिल्म्सले निर्माण गरेको हो । निर्माण पक्षले गीत तथा भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य प्लेटफर्ममा पुनः अपलोड नगर्न आग्रहसमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणका उपलब्धि
Latest NewsJust now

बालेनको भारत भ्रमणका उपलब्धि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणमा आर्थिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता घोषणा, आठवटा समझदारीपत्र आदानप्रदान, २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति र ‘समुन्नत नेपाल, विकसित भारत’ निर्माणको साझा लक्ष्यसहित संयुक्त दृष्टिपत्र (ज्वाइन्ट भिजन पेपर) स्वीकृत भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुनै ठूलो कूटनीतिक वा नीतिगत छलाङ ...

नेपालन्युज
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट
Latest NewsJust now

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ, मङ्सिर ७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाच... ...

गोरखापत्र
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
Latest NewsJust now

ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

काठमाडौं । ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ । ललितपुरको पुल्चोकमा भएको कार्यक्रममा स्पेन, भारत र इटालीका साथै नेपालका आर्किटेक्ट तथा प्रविधि विशेषज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए । ‘एक्सप्लोरिङ आइडियाज, इन्स्पायरिङ डिजाइन’ मूल नारासहित आयोजित सम्मेलनमा ऐतिहासिक सम्पदाको मौलिकता जोगाउने उपाय, निर्माण सामग्रीमा भएका नयाँ प्रयोग ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement